• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
मधुवनमा मागेरभन्दा स्वैच्छिक विवाह धेरै

हरि गुरुङ, मधुवन । बर्दियाको  मधुवन नगरपालिकामा “बाल विवाह न्युनिकरण परियोजना“ ले सामाजिक ब्यवहार परिवर्तन सम्बन्धी रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठी मंगलबार सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बी– ग्रुप)  बाँकेको साझेदारी र मधुवन नगरपालिकाकाको समन्वयमा गोष्ठी गरिएको हो ।


बाल विवाह न्यूनीकरण परियोजना प्लान इन्टरनेशनल नेपालले मधुवन नगरपालिकामा सर्भेक्षण गरे अनुसार बाल विवाहको अवस्था ०७८ माघ १ देखी ०७९ पौष ३० गते सम्म बाल विवाहको दर ३३ प्रतिशत रहेको बताईएको छ । यो नेपालमा बाल विवाहको औषत दर (३४ प्रतिशत) भन्दा कम भएता पनि बढी नै हो ।सर्वेक्षण अनुसार  मधुवन नगरपालिका वडा नं–१ जम्मा विवाह १ सय २३ बाल विवाह ३४ जना २८ प्रतिशत वडा नन्बर २ जम्मा विवाह ६५ बाल विवाह २४ जना ३७ प्रतिशत, वडा नं–३ १८९ बाल विवाह ६४ जना ३४ प्रतिशत, वडा नं–४ जम्मा विवाह ५७ बाल विवाह १२ जना २१ प्रतिशत, वडा नं–५ जम्मा विवाह ४२ बाल विवाह २२ जना २१ प्रतिशत रहेको पाईएको छ । 


त्यस्तै वडा नं–६ मा जम्मा विवाह १ सय १० बाल विवाह ४५ जना ५२ प्रतिशत, वडा नं–७ जम्मा विवाह ४७ बाल विवाह २० जना ४३ प्रतिशत, वडा नं–८ जम्मा विवाह ९३ बाल विवाह १८ जना १९ प्रतिशत, वडा नं–९ जम्मा विवाह ७० बाल विवाह २४ जना ३४ प्रतिशत रहेको छ भने पालिकामा जम्मा विवाह ७ सय ९६ बाल विवाह २ सय ६३ जना ३३ प्रतिशत छ । मधुवन नगरपालिकाको जातिगत रुपमा तथ्यांकलाई केलाएर हेर्ने हो भने कुल विवाह मध्ये बाल विवाह सबैभन्दा बढी १९ प्रतिशत तराई जनजाति समुदायमा भएको देखिन्छ । ५ प्रतिशत ब्राह्मण क्षेत्री र ५ प्रतिशत पहाडी दलित, ४ प्रतिशत पहाडी जनजाति समुदायमा बाल विवाह रहेको छ तथ्यांक सार्वजनिक भएको छ ।


पालिकामा भएको कुल विवाह मध्ये करिब २९ प्रतिशत अभिभावकले विवाह गरिदिएको देखिन्छ भने बाँकी ७१ प्रतिशत ५ सय ६७ जनाले आफ्नै इच्छाले विवाह गरेको तथ्यांकले देखाएको छ । बाल विवाहको चलन बढी भएको समुदायहरुमा बाल विवाह पश्चात शिक्षाबाट बन्चित हुने कुराको जनचेतना जगाउनु पर्ने शिक्षामा जोड दिनुपर्ने सहभागीले सुझाव दिएका छ्न । कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, उप–प्रमुख अनिता चौधरी, ९ वटै वडाका वडा अध्यक्ष र विभिन्न शाखा प्रमुखहरुको सहभागी थिए । परियोजना फिल्ड सुपरभाइजर सुनिता चौधरीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments