• १४ असोज २०८०, आइतवार
  • २१ °C काठमाडौं
प्राथमिक विद्यालयका प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

केशव कोइराला, राजापुर । सेवाग्राहीसँग हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै १४ हजार ५०० रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिम्मापुर स्थित श्रीसरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेबी उपाध्यायलाई मंगलबार अख्तियारले नियन्त्रणमा लिएको  हो ।

घुस मागेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उपाध्यायलाई नियन्त्रणमा लिएको हो । राजापुर नगरपालिका वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान अघी बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments