• २७ मंसिर २०८१, बिहिवार
  • ४ °C काठमाडौं
मानव हात्ती सह–अस्तित्वका लागी समुदायमा समन्वय  

हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ डल्लामा हात्ती मेरो साथी अभियान अन्तर्गत हात्ती संरक्षण, मानव–हात्ती द्वन्द न्यूनीकरण र मानव हात्ती सह–अस्तित्वका लागी समन्वयात्मक छलफल गरिएको छ । ग्लोबल नेचर फण्ड, आईयुसीएन, खाता सामुदायिक वन समन्वय समिति र उज्यालो नेपालको समन्वय तथा सहकार्य मा छलफल चलाईएको हो । 


हात्ती मेरो साथी अभियान शुरु भएपछि अर्ली वार्निङ्ग साइरन जडान, घर विमा, पथ्थरबोझी र भग्रैयाको दुर्घटना विमा, वन्यजन्तुबाट मृत्यु भएका परिवारका बालबालिका ७ जनालाई छात्रवृत्ति लगायतका उल्लेखनिय कामहरु भएको उज्यालो नेपालका स्वयंसेवक रमेशकुमार थापाले जानकारी दिनुभएको छ ।  उज्यालो नेपालले क्षमता विकास तालीम, थप अर्लि वार्निङ्ग साइरन जडान, आय–आर्जनको लागी घर घरमा फलफूलका बिरुवा वृक्षरोपण, पालिकामा गाउँ तथा वडा स्तरीय सचेतना कक्षा संचालन गरिएको छ । 


रजवारामा लगाएको फेन्सिङ्गको प्रभावकारिता अध्ययन पश्चात थप फेन्सिङ्ग, कपासबाट धागो र कपडा उत्पादन गर्ने तालीम सकेको छ । कपडा उत्पादन, घर विमा, कृषि विमा, पशु विमा विस्तार र वन्यजन्तुबाट ज्यान गुमाएका परिवारलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमको उद्देश्य छ । हात्ती मेरो साथीका सल्लाहकार बलिराम चौधरी, भदै थारु, कृष्ण परियार, हात्ती मेरो साथी अभियानका युवाहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । हात्ती मेरो साथीका अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments