• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
बर्दिया डान्स आइडल राजापुरको उपाधी गरिमाले चुमिन 

केशव कोइराला, १० माघ, राजापुर (बर्दिया) । बर्दिया डान्स आइडल २०८० को उपाधी गरिमा तिमिल्सिनाले जितेकी छन् । बर्दिया उद्योग बाणिज्य संघको आयोजनामा आयोजित राजापुर महोत्सवमा तिमिल्सिनाले ३६ जना प्रतिस्पर्धीलाई उछिन्दै बर्दिया डान्स आइडल २०८० को विजेता बनेकी हुन् ।  

उपाधी बिजेता तिमिल्सिनाले नगद २० हजार रुपैयाँ नगदसहित ट्रफि, प्रमाणपत्र पाएकी छिन् । प्रतिभालाई परिस्कृत गर्न नृत्य बिधा छनौट गरेकोमा दोस्रो स्थानमा कृशिका थापा मगर, तेस्रोमा उर्सला थारु र रेनु गुरुङ सान्त्वना भएका छन । बिजेतालाई जनही क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया नगद ट्रफि, प्रमाणपत्र प्रदान गरिएको नृत्य निर्देशक तथा मुख्य निर्णायक केबि शाहिले जानकारी दिनु भयो । ३ बर्ष यता राजापुर बर्दियामा बर्दिया डान्स आइडल संचालनगर्दै आएको बर्दिया उद्योग बाणिज्य संघले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments