• १९ असार २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
जनप्रतिनिधि जनतामैत्री हुनुपर्छ : सांसद तिमिल्सिना

मुरली गोडिया, गुलरिया (बर्दिया) । लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले बारबर्दिया नगरपालिकाले आयोजना गरेको सभामा सम्बोधनगर्दै जनप्रतिनिधीले जनताको मनोभावना अनुसार कार्यगर्नु पर्ने बताउनु भएको छ । संविधानले थुप्रै हक अधिकारबारे प्रष्ट पारी सकेकोले जनप्रतिनिधीले जनतामैत्री कार्य गर्नुपर्ने उहाँको भनाई छ । 


संविधानले दिशा निर्दिष्ट गरे अनुसार जनतालाई सहज विकास र समृद्धिको अभाष हुने गरि कार्य  थालनी गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो । बारबर्दिया नगरपालिकाले संविधान दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले शुभकामना दिनु भएको छ । बारबर्दिया नगरापालिकाका निवर्तमान मेयर दुर्गा बहादुर थारुले संविधानको औचित्य र प्रभाव बारे अहिले नै प्रश्न गर्नु पर्ने बेला नभएको उल्लेख गर्नुभयो । यो संविधान विभिन्न आन्दोलनको संस्लेषणलेयुक्त संविधान जारी भएको भन्दै संविधान समाजबाद तर्फ उन्मुख भएको चर्चा गर्नु भयो । कम समयमा जारी रहेको संविधानले नतिजा नल्याइ अहिले नै विभिन्न आरोप लगाउनु गलत हुने उहाँको जोड छ ।  


शुभकामना मन्तब्य तथा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले अहिलेको संविधानको बलले बारबर्दिया नगरपालिकामा दिर्घकालिन योजना बनाएर अघि बढेको बताउनु भयो । पहिलेको स्थानिय सरकारले शुरुवात गरेका योजनाहरुको कार्यहरुमा अहिलेको स्थानिय सरकारले पुर्णता दिइ रहेको प्रष्ट्याउनु भयो । शिक्षा क्षेत्रमा पुर्व स्थानिय सरकारले गरेको योजना अनुसारको अधुरा कार्यहरुको पुर्णता दिने कार्यमा लागी परेको उहाँको जिकिर थियो । जनता संग प्रत्यक्ष सरोकार राख्ने जनजिविका संग जोडिएको विषयहरुमा नगरपािलका गम्भिर भएको बताउँदै उहाँले संविधान निर्माण तथा विभिन्न आन्दोलनमा ज्यान गुमाएका, बेपत्ता पारिएका र निम्नवर्गिया समुदायका लागी पालिकाले बजेट तथा कार्यक्रमहरु गर्दै आएको जानकारी दिनु भयो । 


कार्यक्रममा विभिन्न क्षेत्रमा समाजमा योगदान तथा जनता मैत्री कार्यगरेको भन्दै निर्माण, शिक्षण, कर्मचारी, महिला स्वांयस सेविका लगायतका व्यक्तिलाई सम्मान समेत गरिएको थियो । संविधान दिवसको अवसरमा बारबर्दियाको समृद्धिका लागि योगदान पुुर्याउने कर्मचारी, निर्माण ब्यवसायी, स्वयंसेविकाहरु गरी १२ जनालाई सम्मान गरिएको छ । डेविट निर्माण सेवा, कोहलपुर बाँके ३ का प्रोपराईटर दामोदर अधिकारीलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी टिकानाथ गोसाइँ, डिल्लीराज शर्मा, उषा पुन, महिला विकास निरिक्षक, सुरजलाल थारु, सिताराम थारु, जंग बहादुर थारु, मुकुन्द प्रसाद पौडेल, ललित सापकोटा, आशा चौधरी, रामेश्वर थारु, श्याम सुन्दरी थरुनी सम्मानित हुनुभएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments