• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
सदस्यका बालवालिकालाई लघुवित्तको छात्रबृत्ति


बर्दिया । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ०८० को एसइइ परिक्षाको नतिजा प्रकाशन पश्चात आगामी उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छ । बर्दियाको कुसुम्बा बजारमा अवस्थित लक्ष्मी लघुवित्त शाखामा आबद्ध सदस्य गंगा वलीको छोरा विराज वलीले  २०७९ सालको एसइइ परीक्षामा उत्कृष्ठ अंक प्राप्त गरी उत्तीर्ण गरेका थिए । 

सदस्यको छोरालाई उच्च शिक्षा हासिल गर्न सहयोगार्थ लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यक्रमको आयोजना गरी बिद्यार्थीले एसइइ उत्तीर्ण गरेको बिद्यालयका प्रधानाध्यापक मेघ बहादुर बानिया मार्फत छात्रवृत्ति उपलब्ध गराईएको हो । कुसुम्बा बजार शाखाका शाखा प्रबन्धक सुरेन्द्र प्रसाद अवस्थीले लक्ष्मी लघुवित्त संस्थाले कर्जा वितरण तथा बचत संकलन मात्र नभएर महिला सशक्तिकरण, सामाजिक उत्तरदायित्व बहन, विभिन्न किसिमका तालिम, गोष्ठी, महिला दिदी बहिनीहरुलाई अभिमुखीकरण तालिम समेत दिने गरेको बताउनु भयो ।

लघुवित्त संस्थाले कर्जा र बचत बाहेक संस्थामा, विप्रेषण, ट्याब्लेट बैङ्किङ र अनलाइन भुक्तानीका सुविधा सँगै महिलालाई उद्यमशीलताका माध्यम बाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments