• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
'वडालाई पुग्ने बजेट पालिकालेनै दिदैनन' : राजापुर नपा. ९ नम्बर वडाध्यक्ष विष्णुप्रसाद थारु

चुरेकुञ्जले जनताको प्रश्न, जनप्रतिनिधिको जवाफ अभियान शुरु गरेको छ । संघीय, प्रदेश तथा स्थानिय सरकारमा जनताको मत जितेर गएका प्रतिनिधिहरुले निर्वाचनमा गरेका वाचा, अहिले सम्म गरेका गतिविधि विकासको चुनौती एवम् आगामी कार्ययोजना जनता सामु छर्लङग पार्ने संचारकर्मको दायित्व अनुरुप सबै प्रतिनिधिहरुलाई एकै प्रश्न मार्फत अभियानमा जोड्ने प्रयास गरेका छौं । प्रस्तुत छ राजापुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष विष्णुप्रसाद थारुसँग पत्रकार केशव कोईरालाले गरेको कुराकानीको पूर्ण अंश  :

तपाईले भोट माग्न जादा गरेका बाचाँहरु के के हुन् ? 

मैले भोट माग्न जाँदा बाचाँहरु गरेको थिए । भत्ताको लागि बृद्धबृद्धाहरुको घरघरमा नै नविकरण गर्छु । भत्ताहरु पनि घरमै ल्याएर दिने बाचाँ गरेको थिए । निर्माणाधिन पूर्वाधार निर्माणका कार्य सम्पन्न गर्छु । भौतिक पूर्वाधार निर्माण, जङगली जनावरबाट सुरक्षाको लागि वन डिभिजन कार्यलयसँग समन्वयन गर्छु । अनि जङगली जनावर आउँनबाट रोक्नको लागी तारवार वडाले दिन सक्ने दिन्छु लगायतका बाचाहरु गरेको थिए । 

तपाईले निर्वाचित भएर आए देखि के के काम गर्नुभयो ? 

म निर्वाचित भएर आइसकेपछि पहिला जटिल काम सम्पन्न भएको थिएनन् । त्यो पुरा गर्छु, भनेर जन्ताहरुसँग बाचाँ गरेको थिए । त्यो अनुरुप गोडियाना देखि दुर्गानगर सम्म कालोपत्र बनाउँछु भनेको थिए । मेरो घोषणा पत्रमा पनि उल्लेखित थियो । त्यसमा अहिले यहि पुष महिना देखि नै काम सुरु भएको छ । दिपनगर ईश्वरीगञ्ज र ईश्वरीगज चारमोडा देखि नै दलई नाला सम्म सिचाईको लागि पहल गरेर काम हालै सुरु भएको अवस्था छ ।

तपाईको वडामा मुख्य चुनौती के के हुन् ? 

स्थानीय तह हुनु भन्दा पहिला यो एक पिछडिएको वडा हो ।  यो वडामा भौतिक पूर्वाधार केहि बनेको थिएन । म निर्वाचित भइसकेपछि धेरै जसो विकासको पूर्वाधार तयार गरेको छु । दुर्गानगरमा पनि सामुदायिक भवन थिएन । त्यसमा सामुदायिक भवनको लागि संरचना निर्माण भएको छ । दिपनगर सामुदायिक भवन निमार्ण भइसक्यो । बन्यापुरमा पनि भइसकेको छ । तिनघरुवामा भौतिक पूर्वाधार अन्र्तगत सामुदायिक भवनको लागि पनि बजेट विनियोजन गरेछु । ईश्वरीगजलाई गत वर्ष केहि पैँसा कमी परेकोले भवन बन्न सकेको छैन् त्यसमा पनि मेरो ध्यान छ । मैले शिक्षातिर बालबालिकाहरुलाई बालविकास देखि लिएर मेरो क्षेत्रमा ४ ओटा स्कुल भएको नाताले त्यो स्कुलमा बाउण्डरी लगायतका थालनी गरेको छु । 

जनताको चाहाना बमोजिम काम भए जस्तो लाग्छ त ? 

जन्ताले चाहेको जस्तो काम त आवश्यक हो ।  जन्ताहरुका आवश्यकता पुरा भाछैन होेला । सायद ४ वर्षिय कार्यकालमा सायद पुरा हुन्छ भन्ने विश्वास छ । 

तपाईको आगामी बाचा र प्रतिवद्धता के छन् ? 

बाचा गरे अनुरुप नगरपालिकाबाट जुन हामीले बजेट पाउनुपर्ने हो त्यो बजेट पाइराखेको अवस्था छैन् । उहाँहरुको जति मैले बाचाँ गरेको थिए, प्रतिवद्धता गरेको थिए चुनाबी क्रममा त्यो बाचाँ जुन गरेको थिए । त्यही बाचाँ अनुरुप काम पनि गर्दैछु । र सेवामुलक काम पनि दिनरात नभनेर सेवा दिएको छु । प्रतिवद्धता त जुन मैले चुनाबी घोषणा पत्रलाई मध्यनजर राखी ५ वर्षिय योजना बनाएको छु । त्यही अनुरुप मैले काम गर्नेछु । धन्यवाद ।
 

सम्बन्धित समाचार

Facebook Comments