• १३ माघ २०८१, आइतवार
  • १३ °C काठमाडौं
बर्दियामा छायांकन गरिएको टेलिश्रृखला रंगको  प्रशारण शुरु

संजय आचार्य, २२ माघ, गुलरिया (बर्दिया) वर्दियामा सामाजिक विभेदका घटनालाई समेटेर नयाँ टेली सिरियल रङ्ग प्रशारण भै रहेको छ । हरेक शुक्रवार ७ः३० बजे प्रशारण भइरहेको सिरियलमा नयाँनयाँ मुद्दा उठान गरी समाजमा भै आएका गतिविधी हरुलाई उठान गरिएको छ ।

सप्तरंगी मंच मार्फत प्रशारण भैरहेको टेली श्रृंखला यूट्यूबमा नेपाली सिरीयल रङ्ग टाइप गरी हेर्न सकिन्छ । मुख्यतः गाउँ घरका सामाजिक तया पारिवारिक विषय बस्तुलाई उठान गरी वर्दिया जिल्लामै आफ्नै लगानीमा सिरीयल निर्माण गरी प्रशारण भइरहेको छ । आफ्नै जिल्लामा रहेर हामीले रङ्गको छायांकन, भिडियो मिक्सिङ्ग देखी लिएर सबै काम गरिराखेका छौं । रङ्गका निर्देशक तथा लेखक विष्णु थापा सरगमले बताए । 

युट्यूब मार्फत करीब २० देखी २५ मिनेटको श्रृंखालावद्ध रुपमा प्रशारण गरिराखेका छौ । सबैले च्यानललाई लाईक कमेन्ट र सब्सक्राईव गरीदिए थप उत्साह थपिने थापाको भनाई छ । हामीले धेरै मिहिनेत गरेका छौ । थोरै श्रोतसाधनका बाबजुद आजको डिजीटल पर्दासंग लड्दै अगाडी बढिरहेका छौ वर्दियाली जनताका साथै हरेक नेपालीले रङ्गलाई माया गरिदिनु हुन कलाकार शम्भु सुनारले आग्रह गरे । 

रङ्गमा मेन रोलमा अस्मीता सार्की, मिलन विक ’सुनीता चौधरी, सन्तराम थारूका साथै  शम्भु सुनार, सृष्टी थारु, होम थापा, पूर्णीमा परियार, यमुना रसाइली, मिना विकट, मिलन घर्तीमगर लगायतका कलाकारले आफ्नो प्रतिभा देखाएका छन । क्यामरामा प्रशान्त कान्छाले कामगर्दै आई रहेका छन् । मंसिर १५ गते देखी प्रशारण भै रहेको टेली श्रृङखला रंगले आफ्नो ८ औं भाग प्रशारण गरिसकेको छ । आगामी ९ औं भागमा मुख्यतः दलित समुदायका मुद्दा उठान गरिएको जनाइएको छ । सिटीयल हेर्नको लागी यूट्यूबमा गएर नेपाली सिरियल रङ्ग टाइप गरी हेर्न सकिन्छ ।

सम्बन्धित समाचार

Facebook Comments