• १९ असार २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
माल्दिभ्सका राष्ट्रपतिले संसदलाइ जानकारी दिदैँ भने, ‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्'

माले, २४ माघ । माल्दिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन । राष्ट्रपति चुनाव जिते पछि पहिलो पटक राष्ट्रपतिमोहम्मद मुइज्जुले संसदमा भाषण दिदैँ सो जानकारी गराएका हुन ।

उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा माल्दिभ्स छोड्ने बताएका छन् । यति मात्र होइन, उनले आफ्नो भारत विरोधी अडान दोहोर्‍याए र देशले आफ्नो सार्वभौमसत्तामा कुनै पनि बाह्य हस्तक्षेप हुन नदिनेसमेत बताएका छन् । 

सम्बोधनका क्रममा मुइज्जुले भने कि भारत र माल्दिभ्सले मे १० सम्ममा भारतीय सैनिकहरू आफ्नो देश फर्कने सहमतिसमेत गरेका छन्। उनले मार्च १० सम्ममा ३ उड्डयन प्लेटफर्ममध्ये १ छाड्ने छन् भने उनी बाँकी २ प्लेटफर्मबाट मे १० सम्म भारतीय सैनिक फिर्ता हुनेछन ।

सम्बन्धित समाचार

Facebook Comments