मानव बेचविखन विरुद्ध विद्यालयमा सचेतनामुलक सडक नाटक
मुरली गोडिया, २२ भदौ, गुलरिया (बर्दिया) । मानव बेचविखन विरुद्ध विद्यालय स्तरबाटै सचेतना जगाउन सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । मानव बेचविखन विरुद्ध सचेत हुन किशोर किशोरीलाई लक्षित गरि गुलरिया स्थीत बंगलामुखि राधाकृष्ण थारु माध्यामिक विद्यालयमा नाटक प्रस्तुत गरिएको हो ।
मानव बेचविखनमा महिलाहरु कसरी फस्छन ? दलालले अपनाउने तौरतरिका र त्यसबाट बच्न सक्ने उपाय सहित समेटिएका सडक नाटक प्रदर्शन गरिएको हो । माइती नेपाल बर्दियाले मानव बेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा विद्यालयमा सडक नाटक प्रस्तुत गरेको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी गराउनु भयो । गुलरिया स्थत सुर्योदय सांस्कृतिक प्रष्ठिानका कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए ।
दिवसका अवसरमा गरिएको कार्यक्रममा गुलरिया नगरपालिकाकी नगरउप्रमुख सावित्रा गौतम, महिला तथा बालबालिका शाखा गुलरियाकी निमित्त प्रमुख गीता बाकावल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष यादव आचार्य, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । “तिनै तहका सरकार मिलि गरौं हातेमालो, मान बेचविखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मुल नारा सहित यस वर्ष १९ औं मानब बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाइएको छ ।
Facebook Comments