• १३ असार २०८३, शनिवार
  • २२ °C काठमाडौं
एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थी सम्मानित

केशव कोईराला, १२ कार्तिक, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर ६ ले २०८१ को एसईई परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ । वडामा अवस्थित विद्यालयबाट उत्कृष्ट जीपीए ल्याउने दिपिका थारु र प्रीषण थारुलाई सम्मान गरिएको हो ।

मानपुर माध्यमिक विद्यालय, टपराबाट सर्बोत्कृष्ट हुन सफल छात्रा दिपिका थारुले ३ दशमलव ६३ जीपीए र छात्र प्रीषण थारुले ३ दशमलव ६२ जीपीए प्राप्त गरेका थिए । सम्मानगर्दै वडा अध्यक्ष असराज न्यौपानेले दुबै उत्कृष्ट विद्यार्थीलाई जनहि १० हजार ५ सय नगद सहित सम्मानपत्र प्रदान गर्नुभयो । उहाँले विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक बधाई दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन कुमार चौधरी, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरू, जनप्रतिनिधि, वडाका कर्मचारी, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।  अध्यक्ष न्यौपानेले स्थानीय स्तरमै विद्यार्थीहरूको प्रेरणाका लागि यस प्रकारका सम्मान कार्यक्रमहरु वडा मार्फत निरन्तर जारी राखिने बताउनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments