गणेशपुर सिमाक्षेत्रमा मानव बेचबिखन र लागूऔषध बिरुद्ध सचेतना
मुरली गोडिया, मंसिर १३, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिका स्थित गणेशपुरमा मानव बेचबिखन रोकथाम र लागूऔषध दुव्र्यसन बिरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गुलरिया नगरपालिकाको आयोजना, जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बर्दिया र शान्ति पुनस्र्थापना गृह बर्दियाको समन्वयमा गणेपुर सीमा नाकाबाट दैनिक रुपमा आवत–जावत गर्ने सर्वसाधारणलाई लक्षित गरी सचेतनात्मक कार्यक्रम गरिएको हो ।
गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमलले युवा वर्ग बढी प्रभावित भएका कारण उनीहरूलाई लक्षित गरी व्यवहारिक, मनोसामाजिक तथा पुनस्र्थापना–मुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । नगर पालिकाले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै लैङ्गिक हिंसा तथा सामाजिक विकृति न्यूनीकरणमा सक्रिय रूपमा काम गरिरहेको पनि जानकारी गराउनु भयो । शान्ति पूर्णस्थापना गृह बर्दियाकी संयोजक सपना शर्माले आफ्नो संस्थाले विगत लामो समयदेखि सीमा नाकामा रहेर लैङ्गिक हिंसा, मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।
बेचविखन रोकथामका लागी अभिभावक बढी जिम्मेवार भई समाजमा हुने हानिकारक अभ्यास विरुद्ध प्रहरीलाई सुचना दिन समेत शर्माले आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लोकराज अवस्थीले सीमा क्षेत्रमा लागूऔषध ओसारपसार, मानव बेचबिखन तथा आपराधिक घटनामा संलग्न समूहहरूलाई नियन्त्रण गर्न प्रहरी प्रशासन लगातार सचेतना, अनुगमन र निगरानीमा जुटिरहेको बताउनु भयो ।
कार्यक्रममा स्थानीय समुदायका व्यक्तिहरु, सुरक्षा निकायका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू लगायत सन्चारकर्मीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ । १६ दिने लैगिंक हिंसा विरुद्धको अभियानमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका विविध कार्यक्रमहरु हुँदै आएका छन ।
२९ °C काठमाडौं
Facebook Comments