• २१ फागुन २०८२, बिहिवार
  • २५ °C काठमाडौं
राजापुरमा उज्यालो नेपाल पार्टीको नगरसमिति गठन

केशव कोईराला, १ फागुन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकामा उज्यालो नेपाल पार्टीको नगर समिति गठन गरिएको छ । सत्यनारायण थारुको अध्यक्षतामा ७५ सदस्यीय नगर समिति चयन गर्दै पार्टीले राजापुरमा संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ ।

समितिमा विभिन्न समुदाय, पेशा र उमेर समूहका प्रतिनिधित्व समेटिएको जनाइएको छ । गठनसँगै १० वटै वडामा वडा संयोजक समेत मनोनयन गरिएको पार्टीले जानकारी दिएको छ । नवगठित समितिले राजापुर नगरभित्र संगठन सुदृढीकरण, सदस्यता विस्तार, जनसम्पर्क कार्यक्रम सञ्चालन तथा आसन्न निर्वाचन लक्षित गतिविधि अघि बढाउने निर्णय गरेको छ ।

गठन कार्यक्रममा पार्टीका महासचिव धर्म बहादुर चौधरी, केन्द्रीय सदस्यद्वय सोम डेमनडौरा र सिताराम थारु, जिल्ला अध्यक्ष लखनलाल चौधरी तथा जिल्ला सचिव अनन्त दहितलगायत स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले संगठन विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य डेमनडौराले देशमा सुशासन, पारदर्शिता र समृद्धिका लागि वैकल्पिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले उज्यालो नेपाल पार्टी प्रमाणित नेतृत्व र स्पष्ट दृष्टिकोण सहित अघि बढिरहेको दाबी उहाँको दावी छ । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य थारुले बाँके र बर्दियालाई टुक्र्याएर समग्र थारु समुदायलाई राजनितिक रुपमा कमजोर बनाउने खेल भइरहेको भन्दै त्यस्ता पार्टी र नेतालाई यस क्षेत्रले स्विकार्न  नसक्ने धारणा राख्नुभयो । 

महासचिव चौधरीले संगठन बलियो भए मात्र राजनीतिक एजेन्डा जनतासम्म प्रभावकारी रूपमा पुग्ने बताउँदै स्थानीय स्तरबाटै सुशासन र विकासको आधार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाले राजापुर नगर समिति गठनले पार्टीको संगठनात्मक संरचना थप मजबुत बनेको विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष थारुले पार्टीले अघि सारेका नीति तथा कार्यक्रमलाई जनतामाझ पु¥याउने, युवालाई सक्रिय राजनीतिमा सहभागी गराउने र विकास–समृद्धिका सवालमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । उज्यालो नेपाल पार्टीले बर्दियाका विभिन्न स्थानीय तहमा संगठन विस्तार गरिरहेको जनाएको छ । 

 

सम्बन्धित समाचार

Facebook Comments