• १ जेठ २०८३, शुक्रवार
  • २७ °C काठमाडौं
कमैया महिला समाजको बार्षिक सामाजिक परीक्षण

मुरली गोडिया, गुलरिया (बर्दिया) । कमैया महिला जागरण समाजको वार्षिक सामाजिक परीक्षण सम्पन्न भएको छ । परिक्षणका क्रममा समाजद्वारा संचालित कार्यक्रमबाट लाभग्राही आर्थिक, समाजिक तथा अन्य दृष्टिकोणले सवल हँुदै गएको पाइएको छ । 


कमैया महिलाले सिपमुलक तालिम दिएर बेरोजगार रहेकालाई रोजगारी दिएको बढैयाताल गाउँपालिका–७ की मनप्यारी थारुले बताउनु भयो । पहिला सिप नहुँदा तरकारी बेच्न नेपालगंजसम्म जानु पर्ने बाध्यता रहेको बताउँदै उहाँले कमैया महिलाले सिलाई कटाई, भैंसी पालन, तरकारी खेती जस्ता तालिम दिएपछि अहिले भैंसी पालेको र भैंसी पालनबाट आम्दानी गर्ने योजना रहेको कार्यक्रममा सुनाउनु भयो । पहिला तरकारी खेती कसरी गर्ने तरिका थाहा नपाउनु भएकी धेरै समस्या भएको राजापुरकी कल्पना थारुले सुुनाउनु भयो । 


कमैया महिला जागरणबाट संचालित कार्यक्रमले तरकारी गर्ने तालिम दिए पश्चात पछिल्लो समयमा बेमौसमी तरकारी र च्याउ उत्पादन गरि सजिलै बिक्री वितरण गरेर राम्रो आम्दानी गरेको कल्पनाले भन्नु भयो । संस्थाद्वारा संचालित युवा नेतृत्वको लागि सहकार्य परियोजनाले धेरै राम्रो कुरा सिकाएको राजापुर युवा बखरीबाट सहभागिता जनाएका सहभागिहरुले बताए । परियोजना संचालनमा आएपछि समाजमा खुलेर बोल्न सक्ने तथा समाजिक समास्या तथा कुलत बारे सवैलाई जानकारी समेत गराउँदै आएको युवा बखेरीका सहभागीले बताएका छन । यस परियोजनाको कारणले गर्दा हाम्रो साथीहरु अहिले विभिन्न ठाउँमा जागिर गरिरहेको बताएका छन यस परियोजनाले पालिकामा बाल विवाह, लागु औषध न्युनिकरण गर्न सचेतनामुलक र सामाजिक मुद्दामा काम गरिरहेको जानकारी युवा बखेरीकी सुनिता विष्टले बताउनु भयो । 


कमैया महिला जागरण समाजद्वारा तीन वटा कार्यक्रम संचालित छन् । स्थानीय अधिकार कार्यक्रम र कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजना चार वटा पालिकामा संचालित रहेको कार्यक्रम संयोजक रमेश चौधरीले बताए । राजापुर, बाँसगढी नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा कार्यक्रम चलिरहेका संयोजक चौधरीले बताउनु भयो । कार्यक्रममा मुक्त कमैयाको हकहितका लागि आफु साथमा रहेको सामाजिक परीक्षण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद राज कुमार थारुले बताउनु भयो । कमैयाहरु दासताको जिवन बिताए आज यहाँसम्म आएको कमैया महिला जागरण समाजकी अध्यक्ष बिरुणी थारुले सुनाउनु भयो । कमैयाहरुको समास्या समाधानका लागी कमैया महिला जागरणले आवाज उठाइरहने अध्यक्ष थारुले प्रतिबद्धता व्यक्त गर्नुभयो । वार्षिक सामाजिक परीक्षणको सहजीकरण लक्ष्मण ढुङगानाले गरेका थियो ।

सम्बन्धित समाचार

Facebook Comments