• २३ वैशाख २०८३, बुधवार
  • २३ °C काठमाडौं
विज्ञान विषयका शिक्षकलाई शैक्षिक सामाग्री निर्माण कार्यशाला 

मुरली गोडिया, २२ वैशाख, गुलरिया -बर्दिया) । प्लान इन्टरनेशनल नेपाल तथा भेरि वातावरणिय बिशिष्टता समुह बि ग्रुपको साझेदारिमा संचालित सिकाइ सुधार परियोजना अन्तरगत पाँच दिने सिकाइ सुधारका लागि गुलरियामा बिज्ञान विषय सम्बन्धी ५ दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला शुभारम्भ भएको छ । बर्दियाको बारबर्दियाका १७ र ठाकुरबाबा नगरपालिकाका १३ गरि ३० वटा बिद्यालयका ३० जना बिज्ञान बिषय अध्यापन गराउने शिक्षकहरुको सहभागिता कार्यशालामा रहेको छ । 

शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाका प्रमुख सुर्य बहादुर खत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सस्थाका अध्यक्ष डा. इन्द्र भण्डारीको समेत उपस्थिती रहेको थियो । ५ दिन सम्म प्रशिक्षक विश्वास कुमार बानियाले प्रशिक्षण गराउने सिकाइ सुधार परियोजनाका संयोजक लक्ष्मि प्रसाद शर्माले बताउनु भयो । कार्यशालामा युनिभर्सल डिजाईन फर लर्निङका सिद्धान्तहरूको परिचय तथा यसको प्रयोगात्मक सत्र,  कक्षा ६ को बिज्ञान विषयमा पाठ्यक्रममा आधारित दक्षताहरू, शिक्षक मार्गदर्शिका टिचर गाईडवुकको अध्ययन तथा विश्लेषण -सिकाइ सामग्रीको आधारमा), शिक्षण–सिकाइ सामग्रीहरूको पहिचान लगायतका विषयमा प्रशिक्षित गराइने बताइएको छ । 

यसैगरि सिकाइ सामग्री निर्माण सम्बन्धी व्यवहारिक सीप र ज्ञान, कम्तीमा ५० वटा सामग्री निर्माणमा व्यावहारिक अभ्यासको प्रयोग हुनेछ । बिज्ञान सिकाइ सामग्री निर्माण गर्न आवश्यक व्यवहारिक सीप विकास गर्नु, सिद्धान्त र लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण बुझी कक्षाकोठामा प्रयोग गर्नु, निर्माण गरिएका सामाग्रीलाई शिक्षण–सिकाइ प्रक्रियामा प्रभावकारी रूपमा प्रयोग गर्नु कार्यशालाको प्रमुख उद्धेश्य रहेको छ । यस्तै दैनिक शिक्षण–सिकाइ अभ्यासमा -सूचना तथा सञ्चार प्रविधि) एकीकृत गर्नु, प्रश्नपत्र/मूल्याङ्कनलाई मानकीकरण गरी प्रभावकारी मूल्याङ्कन प्रणाली विकास गर्नु पनि उद्धेश्य रहेको संस्थाले जनाएको छ । उक्त कार्यशाला आउँदो शनिबार सकिने छ  ।

सम्बन्धित समाचार

Facebook Comments