पालिकामा बनेका ढलमा ढक्कन नहुँदा द्र्रुगन्धित बातावरण
बर्दिया, २८ फागुन । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

बर्दियाका पालिकाहरुमा सामाजिक भन्दा भौतिक पूर्वाधारको विकासले तिव्रता पाएको छ । जस अन्र्तगत सडक, ढल लगायतका विविध पूर्वाधारहरु निर्माण गरिएका छन् । बर्दियाको गुलरिया नगरपालिका क्षेत्रका भित्रि सडकहरुमा समेत कालोपत्रे तथा सडकको दुवैतर्फ ढलहरु निर्माण भएका छन् । यस्ता निर्माण भएका कतिपय ढलहरु अपूर्ण निर्माणको अवस्थामा रहेकाले दर्दनाक छन् । ढल आवस्यक भएको क्षेत्रमा ढल छैनन् । आवस्यक नभएका क्षेत्रमा महँगो खाले ढल निर्माण भएका छन् । ति ढलहरु सुचारु अवस्थामा छैनन् । ढल निर्माण भएको लामो समय वितिसक्दा पनि ढल मार्फत फोहर पानी निश्चित गन्तब्यमा पुग्न सकेको अवस्था देखिदैन ।
अत्यावस्यक क्षेत्रहरुमा बनेका ढलहरुमा पूर्ण रुपमा ढक्कन नहुँदा स्थानिय वासीहरु ढलबाट निस्किएको दु्र्रगन्धको सामना गर्न बाध्यछन् । जसका कारण नागरिकको स्वच्छ बातावरण प्राप्त गर्ने अधिकार कुण्ठित भएको छ नै ढक्कन नभएर दु्र्रघटना हुने सम्भावना उत्तिकै छ । गुलरिया स्थित हुलाकी मार्ग अन्र्तगत अस्पताल टोल क्षेत्रमा ढल निर्माण भएको लामो समय वितिसक्दा पनि सम्वन्धित पक्षले ढल माथी पूर्ण रुपमा ढक्कन नलगाउँदा स्थानियहरुलाई स्वास्थ्य समस्या भोग्नु परेको छ । बजार क्षेत्रबाट अस्पताल टोल हुँदै जाने ढलमा सेफ्टी ट्याङकीबाट निस्किने दु्र्रगन्ध आउने गरेको स्थानियको गुनासो रहेकाले सम्वन्धित निकायको ढक्कन निर्माणमा तत्काल ध्यान जाओस् ।
२१ °C काठमाडौं
Facebook Comments