• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
हाटबजारको बिचमा टिपर ठेलमठेल, सम्बन्धित निकाय बेखवर

बर्दिया, १२ चैत्र । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

                                                                       

                                                                                  

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित बसपार्क नजिकै बाईपास सडक खण्डसँग जोडिएको हाटबजारमा बजारका दिन समेत सवारी साधनहरु सोही सडकबाट ओहोरदोहोर गर्दा ब्यापारी एवम् ग्राहक बर्गहरु जोखिममा पर्ने गरेका छन् । प्रत्येक हप्ताको मंगलवार र शनिवार दुई दिन गुलरिया बजार क्षेत्रमा दशकौंदेखि हालबजार लाग्दै आएको छ । अटोमोवाईल बाहेकका घर सामान खरिद विक्रीका लागि हाटमा भिडभाड हुने गरेको छ । त्यस्ता महत्वपूर्ण ब्यवसायिक समयमा सवारी साधन आवागमनका अनेकौं बाटाहरु भएपनि विभिन्न बहानामा त्यहाँबाट सवारी साधन गुड्ने गरेको पाईन्छ । लावालस्कर भएर क्रमिक रुपमा गुडेको होईन । तिन वटा टिप्पर एकै पटक ओभरटेक गरेको चुरेदृष्टिमा परेको छ । त्यस्ता गतिविधि भईरहँदा समेत नियम कानून पालना गराउने निकायहरु बेखवर जस्तै बन्नु नागरिकको र्दुभाग्य हो । सम्वन्धित निकायले जोखिम पूर्ण कार्यहरुको निगरानी नगरेको यस कार्यबाट प्रष्टहुन्छ । यस्ता गतिविधिहरु समयमै रोक्न नसके यसले ठूलै द्र्रुघटना निम्ताउने अनुमान गर्न सकिन्छ । सम्वन्धित निकायले हाटबजारको सुन्दर ब्यवस्थापनगर्दै सुरक्षित किनमेल केन्द्रको रुपमा स्थापित गर्नतर्फ ध्यान जानु जरुरी छ ।

सम्बन्धित समाचार

Facebook Comments