• ११ जेठ २०८१, शुक्रवार
  • २१ °C काठमाडौं
मधेशमा पानीको समस्या मसलाको रुखले बढाउदै

बिशाल बस्नेत/१९ चैत्र, महोत्तरी । मधेशमा दिनानुदिन पानीको संकट गहिरिदो छ । भएका मुहानहरु सुक्न थालेका छन भने भूमिगत पानिको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरु काम नलाग्ने अवस्थामा पुगेका छन । तर मधेशमा पानीको अभाव सिर्जना हुनुको कारण मध्ये मसलाको रुखलाई समेत दोष देखाउन थालिएको छ ।

झण्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो रुख कै कारण मधेश मरुभुमिकरण तर्फ उन्मुख भएको  किसानहरुले गुनासो गर्न थालेका हुन । “जब–जब यो मसलाको बिरुवा लगाइयो तब पानीको चरम अभाव सिर्जना हुँदै गयो ।” बर्दिवास हातिलेटका पदम मगरले भने । “मलाई लाग्छ पानी सुक्नुको प्रमुख कारण यही नै हो ।” पानी पाईरहने ठाउँहरुमा मसलाको रुख रोपेपछी पाउँन छाडेको मगरको अनुभव छ । रुख ठूलो  वनिसकेको ठाउँमा एक किलोमीटरसम्म उर्वरभुमी समेत बन्झट वनेको वताउदै यँही रुखको कारण नै पानी र माटोलाई समेत असर गरेको उन्को दावी छ ।

अन्य रुखको तुलनामा अग्लो र मोटो हुने हुँदा स्वभाविकरुपमा एउटा रुखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरु  स्विकार गर्छन । पर्यावरणविद डा. विजय सिंहका अनुसार  पानीका दृष्टिकोणले मसलाको रुख मधेशमा हानिकारक नै भएतापनी किसानहरुको लागी व्यवसायिक उत्पादनमा महत्वपूर्ण रहेको वताउछन । “यो जातको रुख कत्तिको हानिकारक छ भन्ने बिषय बैज्ञानिक ढंगले अनुसन्धान गर्न जरुरत छ ।” उन्ले भने । “मधेशमा पानीको समस्या गहिरिदो छ,  किसानले गरेको गुनासोमा अध्यण गर्न सक्नुपर्छ ।” तर विभिन्न अध्यणले भने मसलाको रुख पर्यावरणीय हिसावले हानिकारक नै हुने निष्कर्ष निकालेका छन । 

अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले समेत पातहरुमा एसिड हुने हुँदा माटोको उर्वरासक्तीमा ¥हास आउने र पानी वढी सोस्ने निष्कर्ष निकालिएको छ । लाईवेरीको अनुसार भुमिगत पानीमा यस्ले गहिरो असर पु¥याउने गर्दछ परिणामस्वरूप मसलाको रुख भएको ठाउँमा पानीको अभाव चुलिदै गएको छ ।

अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले तयार गरेको रिपोर्ट :
https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC9885803/#:~:text=Environmental%20groups%20are%20concerned%20about,allopathic%20impacts%20of%20Eucalyptus%20spp

बिज्ञहरुले यो रुखलाई पर्यावरण विरोधीकोरुपमा उभ्याएका छन । पारिस्थितिक प्रणाली तथा जैविक प्रणालीको हिसावले अरुको अस्तित्व स्विकार गर्न नसक्ने वताउदै पर्यावरणविद नागदेव यादवले मधेशवाट यो रुखलाई बिस्थापन गर्नुपर्ने वताउछन । “यो रुखमा चराचुरुङ्गीले त वासस्थान वनाउदैनन त्यसमाथी किरा, पतङ्ग समेत भेटिदैन । त्यसैले यो रुखलाई पर्यावरण विरोधी हो भन्न सकिन्छ ।” उन्ले भने । “भुमिगत पानीको मुहान समेत यो रुखले सखाप वनाईरहेको देखिन्छ ।” यादवको जस्तै एक अनुसन्धानले पनि एक वयस्क रुखले ६२ लिटरभन्दा बढी दैनिक पानी खपत गर्ने वताएको छ । सन १९९३ मा युएनको फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्यणमा ४ सय एमएल देखि१२ सय एमएलसम्म बार्षिक वर्षा नहुने ठाउँमा यो रुखलाई पुर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।

अध्यणमा यो रुखले अक्सिजनमा समेत खासै सहयोग नगर्ने उल्लेख गरिएको छ ।अध्यणअनुसार अझ तापक्रम असन्तुलन वनाईराख्ने हुदा जलवायु परिवर्तनमा समेत न्यून भुमिका खेल्ने देखिएको छ । देख्दा सदावहार हरित देखिएतापनी यो अध्यणले समेत पानीको लागि निक्कै हानिकारक हुने वताईएको छ ।

फुड एण्ड अग्रिकल्चर अग्रानाईजेसन अफा युनाइटेड नेसनले   तयार गरेको रिपोर्ट :

https://www.fao.org/3/ac777e/ac777e0a.htm

केही बर्ष अगाडीसम्म मधेशमा यो रुख लगाउन अभियान नै चलाईएको थियो । “आली–आलीमा सपेता गरिबी वेपत्ता” भन्ने मुल नाराका साथ मधेशका सागरनाथ वन परियोजना देखि व्यक्तिगत जग्गामा समेत मसलाका रुखहरु व्यापक लगाउन थालियो । सागरनाथ वन परियोजना र जिल्ला वन कार्यालयको अनुसार अहिले मधेशमा करौडौ संख्यामा मसलाका रुखहरु फैलाईएको छ । अष्ट्रेलियाका लेखक एलन रुटले पनि आफ्नो आर्टिकलमा यो रुख पानीका लागि भने हानिकारक हुन् सक्ने वताएका छन । यो रुखको उत्त्पत्ति पनि अष्ट्रेलियामा नै भएको मानिन्छ । 

लेखक रुटका अनुसार अष्ट्रेलियाको सिमसार र दलदल भएको ठाँउलाई सुख्खा वनाउन यो रुख लगाइएको थियो । पछी केहि बर्षमा नै सिमसार क्षेत्रलाई यसले सुख्खा वनाईदियो । त्यसपछि ब्राजिलको सिमसार क्षेत्रमा लगाउन सुरु गरियो । छिटो बढने र अन्य रुखको तुलनामा अग्लो, मोटो हुने हुदा आयआर्जनका दृष्टिकोणले फाइदाजनक भएपछी विश्वभर फैलाईएको पाइन्छ । अहिले विश्वका ६७ भन्दा बढी देशमा यो रुख लगाइएको विज्ञहरु वताउछन ।

मसलाको रूखलाई अरू भूभागमा सार्नुमा अष्ट्रेलियाका  डा. एडमन्डो नाभारु डे आन्ड्राडेको ठूलो योगदान रहेको वताइन्छ । ब्राजिलको विनाश हुँदै गएको जंगललाई पुनः घना जंगल बनाउने अठोट गरेर १९१० मा उन्लेअस्ट्रेलियाबाट मसलाको रूखको आयात गर्न थाले । तीमध्ये ३ करोड ८० लाखको वृक्षारोपण उनि आफैले गरेका थिए ।  ब्राजिलमा मात्र दुई अरबभन्दा बढी मसलाका रूखहरू रहेको वताईन्छ ।

यो रुख पानि र पर्यावरणीय हिसावले हानिकारक नै छ भन्ने बिषयलाई पछिल्लो समय अष्ट्रेलियाको सरकारले समेत महसुस गरेको देखिएको छ । यो रुख कै कारण पर्यावरणमा हानि पुगेको बिषयलाई मध्यनजर गर्दै ३ लाख वर्गमिटरमा फैलिएका रुखहरुलाई विस्थापन गरिएको अष्ट्रेलियाको वाइल्डरनेस सोसाइटीले पुष्टि गरेको छ ।

पहिले त अष्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ । भारतमा १८४३ मा नै यो रुख भित्रिएको पाइएको छ ।  बेलायती नागरिकले  तामिल नाडूमा लिएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भयो । सागरनाथ वन परियोजनाले २०३० को दशकमा नेपालमा भित्र्याएको थियो । पछी सरकारले यस्लाई नीति नै वनायो । तराईमा “आली–आलीमा सपेता, गरिवी वेपत्ता” भन्ने नारा नै वनाईएको थियो । मधेशमा मसलाको रुखलाई सपेता पनि भन्ने गरिन्छ । वृक्षारोपण गरेपछि ४ बर्षको अवधीमा किसानहरुको अनुभव अनुसार यस्ले भयावह असर पुर्र्याईरहेको छ ।

उर्वारासक्ति क्षीण वनाउने, पानीको मात्रा सोसेर मरुभूमिकरणमा सहयोग गर्ने, प्रज्वलनशिल हुने हुदा आगलागीमा सहयोग पुर्र्याउने, अक्सिजनको मात्रा न्यून हुने, उत्पादनमा कमि आउदा किसानहरु नियमित खेतिपातिवाट पलायन हुनुपर्ने अनेकौ समस्या सिर्जना भएको किसानहरुको गुनासो छ । यँही रुखका कारण मधेशका कतिपय पालिकाहरुमा किसानहरुले विस्थापन गरिदिन निवेदन समेत दिएको पाइएको छ । २०७६ सालमा बर्दिवासमा बसेको प्रदेश समन्वय समिति वैठकमा समेत मसलाको विरुवा विस्थापन गर्नुपर्ने माग गरिएको थियो । यसै क्रममा धनुषाको मिथिला नगरपालिकाले त प्रस्ताव नै पेश गर्र्यो । उपप्रमुखले पेशा गरेको उक्त प्रस्तावमा मसलाको विरुवालाई रोक्न कानुन नै वनाउनुपर्ने माग गरिएको थियो ।

रुखले किसानहरुको पानी र वालीनालीमा गम्भीर असर परेको वाक्लै निवेदन आएपछि नगरासभावाट हटाउने र वरु फलफूलको विरुवा रोप्ने नगरासभावाट नै पास गराएको वताइएको थियो । महोत्तरीको बर्दिवास नगरपालिकाको विषयलाई लिएर पनि किसानहरुले गुनासो गर्न थालेका छन् । अघिल्ला नगरप्रमुख विदुर कुमार कार्कीले कतिपय सार्वजनिक कार्यक्रमहरुमा मसलाको रुख निषेध गर्नुपर्ने वाताएतापानी नीतिगतरुपमा भने पास हुन सकेको थिएन । अहिले पनि उक्त गुनासाहरु बढ्दै गएको उपप्रमुख तारादेवी महतोका सहयोगी विष्णुदेव महतो वताउछन । “हामिकाँहा पनि वाक्लाई निवेदन आउँन थालेका छन न्यायिक समितिमा । यस्को बिषयमा कसरि अगाडी बढने भन्ने योजना वनाउदै छौ ।”  उन्ले भने । “नगरको दक्षिणी क्षेत्रमा यो ठुलो समस्याकोरुपमा खडा हुदै छ ।”

उदारवादी अर्थतन्त्रको प्रभाव

मसलाको रुख नेपालमा भित्र्याउनु सक्ति राष्ट्रको स्वार्थ रहेको विज्ञहरु दावी गर्छन । वैज्ञानिक समाजवादीका नेता मदन प्रभात सन् १९९० पछि उदारवादी अर्थतन्त्रको प्रभावमा सरकारले चुरे भावर क्षेत्रमा सागरनाथ वन परियोजनाको नाममा लाखौँ हेक्टरमा युक्लिप्टस (भिक्स)को बिरुवा लगएको दावी गर्छन ।  चाँडै आम्दानी दिने बिरुवाको नाममा चारकोसे झाडीको सखुवाका रूख मासेर दलदले जमिनलाई सुक्खा बनाउन मसलाको बिरुवा लगाएर नेपाली वन क्षेत्रमा उदारवादी अर्थतन्त्रको प्रयोग गर्नु नै सवैभन्दा दुखद भएको उनको भनाई छ ।

“भावर क्षेत्रलाई मात्र होइन, माथिल्लो चुरे र तल्लो मधेसलाई नै वातावरणीय रूपमा यस्लेअसन्तुलित बनायो ।” उन्ले भने । “बितेका २०÷२५ वर्षमा त्यो वनस्पतिले पारेको नकारात्मक प्रभावलाई हामीले नियालिरहेका छौँ, यतिवेला । ०४८/०४९ तिर सागरनाथ वन परियोजनामा बेर्नाका रूपमा छिरेको मसलाको बिरुवा आज चुरे र मधेसको कुन गाउँ र टोलमा नपुगेको होला र ? तत्काल यसले ५÷७ वर्षमा आम्दानी दिए पनि कालान्तरमा यसले कृषि, पर्यावरण र वातावरणमा पारेको प्रभावलाई केलाउने हो भने आजै गएर त्यो रूख काटौँजस्तो हुन्छ ।”

नेपाली समाजको परम्परागत वनपैदावारलाई मासेर विदेशी अनुदान र सहुलियत ऋणका लोभमा लगाइने यी र यस्ता अन्य वनस्पतिले पर्यावरणलाई कस्तो असर पारेको छ ? भन्ने सरकारीस्तरबाट नै अविलम्ब अनुसन्धान गर्न जरुरी देखिएको थाहायात्राका सम्पादक समेत रहेका प्रभातको सुझाव छ । न्युज कारखाना ...

सम्बन्धित समाचार

Facebook Comments