राजापुरमा नसर्ने रोग सम्वन्धी चेकजाँच गरिने
केशव कोईराला, १३ वैशाख, राजापुर (बर्दिया) । राजापुर नगरपालिकामा ४० बर्ष भन्दा माथी उमेर समुहका व्यक्तीहरुलाई नसर्ने रोग सम्वन्धी चेकजाँच गरिने भएको छ । बिज्ञ डाक्टरहरुद्वारा यसै महिनाको अन्तिम साताबाट मधुमेह, उच्च रक्तचाप र मृगौला रोगका बिरामी चेकजाँच गरी खोजविन गरिने भएको हो ।
स्वास्थ्य कार्यालय बर्दियाले राजापुर नगरपालिकामा कार्यक्रम आयोजना गरी सोबारे जानकारी गराएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सन् २०१९ को अध्ययनमा सय जनामा ७१ जना नसर्ने रोगवाट मृत्यु हुने गरेको भन्दै गाँउ–गाँउ टोलटोलमा जाँच नसर्ने रोगको चेकजाँच आवश्यक रहेको बताउनु भयो । उच्च रक्तचापले मुटुको रोग निम्तिने भन्दै १०० जनामा ९० जनालाई उच्चरक्त चाप बारे थाहै नहुने गरेको प्रमुख गिरीको भनाई छ ।
कार्यक्रममा सहजिकरण गर्दै गिरीले उपचार गराउन उत्प्रेरणा जगाउने उद्देश्यले यस्तो कार्यक्रम गरिन लागेको बताउनुभयो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले स्वास्थ्यमा ठूलो लगानी गरेपनी सोचें जस्तो प्रतिफल आउन नसकेकोभन्दै आगामि बर्षको बजेटमा कार्य सम्पादनको आधारमा महिला स्वास्थ्य स्वयं सेवीकाहरुलाई प्रोत्साहन गरिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख मनकला कुमारी चौधरी, १० ओटै वडाका अध्यक्षहरु, स्वास्थ्यकर्मीहरु महिला स्वास्थ्य स्वयं सेवीकाहरु एवं संचारकर्मी सहभागी थिए ।
२८ °C काठमाडौं
Facebook Comments