बर्दिया जेसिजको आयोजनामा २० पिन्ट रगत संकलन
मुरली गोडिया, १५ वैशाख, गुलरिया (बर्दिया) । जेसिज बर्दियाको अयोजनामा गुलरियामा गरिएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन गरिएको छ । बर्दियाबासी नागरिकलाई रगत अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका छन् । बर्दिया जिल्लामा रहेको रगत अभावलाई न्युनिकरणगर्दै सहज रगत उपलब्ध गराउने उद्धेश्यले गुलरियाको राधाकृष्ण चोकमा गरिएको रक्तदान कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाइटी बर्दियालाई हस्तान्तर गरिएको छ ।
बर्दिया जेसिजको आयोजना तथा करिब १० वटा सामाजिक संघसंस्थाको समन्वयमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको प्राविधिक सहयोग थियो । बर्दिया बासीहरु रगत अभावका कारण जिल्ला बाहिर धाउन नपरी अकालमै ज्यान गुमाउन नपरोस भन्ने मुल उद्धेश्यका साथ कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
२८ °C काठमाडौं
Facebook Comments