मधेसी समुदायका पुरुषहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना
चुरेकुञ्ज, १५ बैशाख, बढैयाताल । बर्दियाको बढैयाताल स्थित पडरिया टोलमा रहेका मधेशी समुदायका पुरुषहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । प्लान इन्टर नेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबको सशक्त बालिका परियोजनाको आयोजनामा तिन दिने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण गरिएको हो ।
सहजकर्ता दलबहादुर सुनारले किशोरावस्था, किशोरावस्थाका चरण, किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य, यौन तथा यौनिकता, प्रजनन स्वास्थ्यका समस्या, प्रजनन स्वास्थ्यको समस्या समाधन गर्न पुरूषको भुमिका, अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबिच अन्तरघुलनको महत्व, बालविवाह रोक्न बुवाहरुको भुमिका, महिनावारी ब्यबस्थापन, गर्भधारण, सुरक्षित गर्भपतन लगायतका बारेमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमका सहभागिहरुले यस्तो कार्यक्रम नयाँ, ज्ञानबर्धक भएको बताउदै सिकेका कुरा परिवारमा यौन प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको बारेमा परामर्श र सहयोग गर्ने बताएका छन् । पडरिया टोलका स्थानिय २५ जना सहभागी पुरूषहरूलाइ एक एक वटा प्याड प्रदान गरेको फिल्ड सुपरभाइजर राम बहादुर थाारुले जानकारी दिनुभयो । परियोजनाका बढैयाताल फिल्ड सुपरभाईजर राम बहादुर थारुले कार्यक्रमको उद्देश्य र परियोजनाले गर्ने कामको बारेमा प्रकाश पार्नु भएको थियो ।
२७ °C काठमाडौं
Facebook Comments