निर्माण सम्पन्न सडक डिभाईडर संरक्षणमा सरकारको लापरवाही
बर्दिया, १७ वैशाख । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित जिल्ला प्रहरी कार्यालय अगाडी गुलरिया नेपालगञ्ज हुलाकी सडकखण्डमा कालोपत्रे सडकको विचमा डिभाईडर निर्माण भएको लामो समय भैसक्दा पनि निर्माण कम्पनी एवम् सम्वन्धित पक्षले डिभाईजरको विचमा माटो फिलिङ नगर्दा कुरुपसँगै सडकमा जोखिम बढेको छ । डिभाईडर निर्माण कार्य सम्पन्न भएर पूर्ण रुपमा संचालनमा ल्याउन नसक्दा बनेका संरचनाहरु पनि भत्किन थालेका छन् । जिप्रकादेखि पशुहाट बजार सम्मको डिभाईडरमा माटो भरी मापदण्ड अनुसारका हरियाली बोटविरुवा लगाउनु पर्नेमा सम्वन्धित पक्ष कानमा तेल हालेर बसेको पाईएको छ । निर्माण सम्पन्न भएको सो डिभाईडरमा माटो भरी हरियाली बनाउन सके गुलरिया बजारको सौन्दर्य पनि बढ्ने र द्रुघटनाको जोखिम पनि कम हुने देखिन्छ । तर सरोकारवाला निकायले चरम बेवास्ता गरेको छ । स्थानियवासीहरु पटक पटक सम्वन्धित निकायमा ध्यानाकार्षण गराउँदा समेत त्यसतर्फ चाँसो नदिनु सडक विभागको समेत चरम लापरवाही बुझ्न सकिन्छ । सम्वन्धित पक्षको अदुरदर्शी हर्कत चुरेदृष्टिमा परेको छ । सदरमुकामको मुटुमै अवस्थित डिभाईडरहरु हरियालीले साजसज्जा गरी बजारको सौन्दर्य बढाउन सम्विन्धित निकायको ध्यान जानु जरुरी छ ।
Facebook Comments