• ३० वैशाख २०८३, बुधवार
  • १९ °C काठमाडौं
विद्यालय सुधार योजना सिमित ब्यक्तीको उपस्थितीमा

दलबहादुुर सुनार, ११ जेठ, बढैयाताल (बर्दिया) । विद्यालय सुधार योजना सिमित ब्यक्तीको उपस्थितीमा बन्ने गरेको पूर्व शिक्षा अधिकारी निलकण्ठ रेग्मीले बताउनु भएको छ । विद्यालय सुधार योजना जसरी बन्नुपर्ने हो त्यसरी नबनेको प्रति चिन्ता ब्यक्तगर्दै शिक्षासँग सम्बन्धीत योजना सरोकारवाला सबैको सहभागीतामा बनाउनु पर्ने उहाँको सुझाव छ । 

गुणस्तरीय शिक्षा सम्बन्धी बर्दियाको बढैयातालमा कमैया महिला जागरण समाज बर्दियाको आयोजना तथा एक्शन एड नेपालको सहयोगमा गरिएको अन्तरक्रियामा बोल्दै रेग्मीले गाउँ शिक्षा समिति ठुलो भएको भन्दै समितिले शिक्षा क्षेत्रमा खेल्नुपर्ने भुमिका प्रभाबकारी नभएकोले शिक्षा ऐन संशोेधन गरि शिक्षा प्रेमी सहितको सानो गाउँ शिक्षा समिति बनाउदा राम्रो हुने धारणा राख्नु भयो । शिक्षा क्षेत्र बढैयाताल गाउँपालिकाको प्राथमिकतामा नपरेको भन्दै पालिकाले यो वा त्यो वहानामा टार्ने गरेको आरोप लगााउदै कार्यक्रममा सहभागि बिद्यालयका प्रधानाध्यापकहरुले यदि बढैयातालको शिक्षा सुधार गर्ने हो भने पालिकाको इच्छा चाहना हुने हो सुधार गर्न सकिने बताउनु भयो । 

शिक्षा ऐनमा भएको प्रावधान अनुसार शिक्षामा लगानी र गुणस्तरीय शिक्षाको लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र शिक्षा विज्ञसँग दोहोरो सम्वाद गरिएको हो । शिक्षामा लगानी र जनतासंग अध्यक्ष उपाध्यक्ष कार्यक्रमको बारेमा आफ्नो धारणाराख्दै पालिका अध्यक्ष हिमालय त्रिपाठीले भन्नुभयो कानुन र  कार्यबिधी बन्न नसक्दा शिक्षा क्षेत्रमा बनाएका कार्ययोजना अनुसार शिक्षामा लगानी र बनाएका योजनाहरु कार्यान्वयन नभएकोभन्दै अर्को आर्थिक बर्षमा कार्ययोजना कार्यान्वयनको लागि बजेट ब्यबस्था गरिने बताउनु भयो । 

बिद्यालय सुधारको लागि स्थानिय तहको भुमिकाको बारेमा धारणाराख्दै पालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले सबैभन्दा पहिला नीति कानुन महत्वपूर्ण हुने भएकोले शिक्षामा सुधार गर्नको लागि सम्बन्धीत पालिका, शिक्षा शाखा, बिद्यालय र स्थानिय अभिभाबक लगायत सरोकार राख्ने सबैले जिम्मेवारी लिनुपर्ने बताउनु भयो । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा र अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको अन्त्ररक्रिया कार्यक्रमको सहजिकरण शेखर दहितले गर्नु भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, वडा अध्यक्षहरु र शिक्षा प्रेमी लगायतले शिक्षाको सवालमा बढैयाताल गम्भिर नभएकोभन्दै पालिकाले बजेट सहितको नीति तथा कार्यक्रम बनाउन र कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु दिएको छ । 

स्थानिय शिक्षा ऐनमा भएको प्रावधान अनुसार शिक्षमा लगानी र गुणस्तरी शिक्षा सम्बन्धी भएको अन्तक्रिया कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी बिद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारी लगायत शिक्षासंगका सरोकारवालाहरुको सहभागिता रहेको कमैयामहिला जागरण समाज बढैयातालकी सामाजिक परिचालक उषा चौधरीले जानकारी दिनुभयो । । “म बनाउछु मेरो बिद्यालय” भन्ने नारा पालिकाले बनायो तर नारा अनुसारको लक्ष्य उद्देश्य पुरागर्न पालिका तहवाट गर्नुपर्ने भुमिकामा समस्या हो की बिद्यालयको हो ? यस बारेमा स्थानिय नागरिक प्रष्ट हुन चाहन्छन् । पालिकाले बनाएको कार्यक्रम तथा योजना कार्यान्वयनमा नीति, बिधी र कानुन बाधक भएको पालिका अध्यक्ष उपाध्यक्षको भनाई आउछ । नीति, बिधी र कानुन कस्ले बनाउने हो र कार्यान्वयन कस्ले गर्ने हो भन्ने बारेमा नागरिकले चासो राखेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments