• २१ वैशाख २०८३, सोमवार
  • १६ °C काठमाडौं
पहिलो पाइला एजुकेसनको ब्राण्ड एम्बेसडरमा केकी अधिकारी 

चुरेकुञ्ज, २० वैशाख, डेस्क । पहिलो पाइला एजुकेसनको ब्राण्ड एम्वेसडरमा केकी अधिकारी अनुवन्धित हुनु भएको छ । विश्व स्तरीय पाठ्यक्रम आधुनिक सिकाइ पद्धतिमा आधारित रहेर बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृति सिकाउन परिकल्पना गरिएको डिजिटल स्कूलको ब्रान्ड एम्बेसडरका रूपमा लोकप्रिय अभिनेत्री केकी अधिकारीलाई अनुबन्धित गरिएको छ । 

शिक्षा सेवामा लामो अनुभव र लामो समयदेखिको तयारीसहित डिजिटल स्कूल सञ्चालनमा आउन लागेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराईएको छ । विश्वभर छरिएर रहेका नेपालीभाषी बाल बालिकाहरूलाई नेपाली भाषा र संस्कृति सिकाउनका साथै विश्वभर नेपाली भाषा प्रवर्धन गर्ने उद्देश्यका लागि पहिलो पाइला एजुकेसन नामक डिजिटल स्कुलको परिकल्पना गरेर सञ्चालनमा ल्याउने तयारी भएको स्कूलका संस्थापक मधु न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । 

नानीबाबुहरूलाई खेल्दाखेल्दै संस्कार, संस्कृतिसँगै विज्ञान, गणित र सामाजिक विषयलाई नेपाली भाषामा आधुनिक सिकाइ पद्धतिअनुसार सिकाउनका लागि …डिजिटल एप चाँडै नै सार्वजनिक हुँदै छ ।

सम्बन्धित समाचार

Facebook Comments