एमाले बाँसगढीको अध्यक्षमा रोकाया सर्वसम्मत : निर्वाचन असंवैधानिक भएको आकांक्षीको आरोप
विन्दु चौधरी, २७ जेठ, बाँसगढी (बर्दिया) । नेकपा एमाले बाँसगढी नगर कमिटिको अध्यक्षमा जीत बहादुर रोकाया सर्वसम्मत चयन हुनुभएको छ । आईतबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट रोकाया सर्वसम्मत हुनुभएको हो ।
शुक्रबार सुरु भएको अधिवेशनले ७५ सदस्यीय कमिटि चयन गरेको छ । उपाध्यक्षमा इन्दिरा चौधरी, सचिव नवराज अधिकारी, उपसचिव सतिश चन्द्र चौधरी र पार्वती विक निर्वाचित हुनु भएको छ । निर्वाचन कमिटीका अनुसार खुला र भूगोलतर्फका नगर कमिटी सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै खुल्ला सदस्य तर्फ सन्तोष बास्तोला, आइवन बुढा, सरीता न्यौपाने, मैन बहादुर केसी, युगराज अधिकारी, शविना अधिकारी, गंगा बराल, गोपाल खत्री निर्वाचित भएका छन् ।
खुल्ला थारु जनजाति तर्फ रुपसिंह थारु, जनजाती तर्फ रामफल थारु, युवातर्फ मधूर पौडेल र शान्ती चौधरी, दलिततर्फ रंग बहादुर नेपाली, अपांग दीप बहादुर चन्द, मधेसी तर्फ भुसेली जागालाई सर्वसम्मत निर्वाचित गराइएको निर्वाचन समितीले जनाएको छ । निर्वाचन कमिटीका अनुसार भुगोल तर्फ प्रत्येक वार्डबाट प्रतिनिधि सर्वसम्मत चयन गरिएको नेकपा एमाले बाँसगढीले जनाएको छ । यसैविच एमाले बाँसगढीको दोश्रो नगर अधिवेशन अवैधानिक रुपले घोषणा गरेको बाँसगढी नगर कमिटिका अध्यक्ष पदका आकांक्षी नर बहादुर वली नेतृत्वका कार्यकर्ताहरुको आरोप छ ।
नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको विषेश निर्देशनलाई पालना नगरी जीत बहादुर रोकाया नेतृत्वमा मनोमानी ढंगले निर्वाचन समितीले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको भन्दै पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । विभिन्न प्रकरणबाट नगर अधिवेशनलाई अब्यवस्थित, अमर्यादित ढंगबाट सम्पन्न गर्न पार्टी विधान र निर्देशनको उल्लंघन गरिएको प्रेस विज्ञेप्तीमा उल्लेख छ । निर्वाचन मण्डलले एकतर्फी रूपमा आवेदन मागेको र आफुहरु जाँदा निर्वाचन कमिटी कोठामा नबसेको उनीहरुको आरोप छ । प्रदेश कमिटीले दिएको निर्देशन पालना नगेरको र अवैधानिक तरवले गरेको निर्णय घोषणा स्वकार्य नभएको वलीले जानकारी गराउनु भएको छ ।
Facebook Comments