बिभिन्न १२ बुँदे माग राख्दै नेविसंघ बर्दियाले बुझायो सिडीओलाई ज्ञापनपत्र
विन्दु चौधरी, २८ जेठ, बर्दिया । नेपाल विद्यार्थी संघ बर्दियाले मनसुनजन्य प्राकृतिक विपद पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी समस्या समाधानसँगै शैक्षिक माग राखेर बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेविसंघ बर्दियाका अध्यक्ष असिम विक्रम शाहसहितको टोलीले प्रजिअ रुद्रादेवी शर्मालाई १२ बुँदे ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाएका छन् ।
मनसुनजन्य विपदबाट उत्पन्न हुन सक्ने जोखिम, दैनिक जीवनयापनमा आइपर्ने कठिनाइ तथा विपदका कारण विद्यार्थीको पठनपाठन तथा सुरक्षामा पर्न सक्ने समस्याको सम्बोधन गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ । विपदका जोखिमबाट सुरक्षित गर्न सूचना तथा सञ्चार सामग्री तयार एंवम पूर्व सूचना उपलब्ध गराउनु पर्ने नेविसंघको माग छ । विपदका घटना पश्चात घाइतेहरूको शिघ्र उद्धार तथा उपचारका लागि एम्बुलेन्स तथा स्वास्थ्य सेवा प्रवाहका लागि पूर्ण तयारी राखिनुपर्ने माग गरिएको छ ।
त्यस्तै प्रादेशिक आपतकालीन अपरेशन केन्द्र, जिल्ला आपतकालीन अपरेशन केन्द्र र स्थानीय आपतकालीन अपरेशन केन्दलाई २४ सै घण्टा तयारी अवस्थामा राख्नुपर्ने माग प्रमुख जिल्ला अधिकारी समक्ष नेविसंघले राखेको छ । विपद पूर्व तयारी स्वयम् सेवक समिति गठन गरि बाढी, पहिरो तथा पानीजन्य अन्य विपद सम्बन्धी सचेतनाका सञ्चार सामाग्री बनाई विभिन्न संचार माध्यम मार्फत प्रचारप्रसार देखि तल्काल उद्धार र राहत संकलनमा समन्वय सहकार्य गर्न प्रतिबद्ध रहेको नेविसंघ बर्दियाका उपसभापति राज थारुले जानकारी दिनु भएको छ ।
Facebook Comments