• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
सालिकमा कालो लगाईएको घटनाप्रति खेद प्रकट

मुरली गोडिया, गुलरिया (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ डल्ला चोकमा रहेको जनयुद्धका योद्धा वेद प्रसाद योगी (सुमन) को सालिकमा कालो लगाइएको प्रति खेद प्रकट गरिएको छ । नेकपा माओबादी केन्द्र मधुवन नगर समितीले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको झण्डामा अज्ञात समूहले कायरता देखाउदै आगो लगाई शालिकमा समेत कालो लगाउने हर्कत गरेको घटना प्रति खेद प्रकट गरेको हो । 

लामो समयदेखी जनताको मुक्तिका लागि अनवरत लागि रहेको पार्टीलाई यस्ता कायरतापूर्ण गतिविधिले अझै पनि कुना कन्दरामा जनताका बैरोका अवशेष रहेको अनुभुती भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्ता गतिविधिलाई गम्भिरताका साथ लिई पार्टिले पूर्ण सजकताका साथ निगरानी गर्दै सम्यमता पुर्ण तरिकाले अगाडि बढ्ने समेत जनाइएको छ । 

नगर समिती अध्यक्ष हरिहर चौधरी, सचिव युक्तमान सिंह केसी र इन्चार्ज शुरेस पन्थद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्ती मार्फत यस्ता निन्दनिय गतिविधिमा संलग्न जो कोहिलाई कानुनी दायरामा ल्याई अविलम्ब कार्वाहीका लागि जिल्ला प्रसाशन कार्यालय बर्दिया र सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments