• १३ माघ २०८१, आइतवार
  • १५ °C काठमाडौं
बर्दियामा एकीकृत समाजवादीको प्रतिनिधि सर्वसम्मत चयन         

चुरेकुञ्ज, ६ असार, बर्दिया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बर्दियाले प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । संघीय निर्वाचन क्षेत्र २ वटा भएको बर्दियाबाट १३ जना प्रतिनिधि सर्वसम्मत छनोट गरेको हो । 

संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट दलिततर्फ गोपाल सुनार, महिला कमला घिमिरे र शारदा आचार्य चयन गरेको छ । त्यस्तै खुलातर्फबाट बखतबहादुर खड्का, तिलकबहादुर हमाल, दुर्गाबहादुर वली, लालबहादुर क्षेत्री, प्रतापकुमार गौतमलाई चयन गरेका छ । संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट महिलातर्फ निता शर्मा, खुला पुरुष तर्फ बैद्यनाथ झा, बम रावल, अग्नि अर्याल र प्रकाश खनाल सर्वसम्मत रुपमा चयन भएको नेकपा एस बर्दिया प्रचार विभाग प्रमुख एवम् जिल्ला कमिटि उपसचिव प्रतापकुमार गौतमले चुरेकुञ्जलाई जानकारी दिनुभयो ।        

देशभरि एकैदिन प्रतिनिधि छनौट गर्ने निर्वाचन कार्यक्रम तोकिएको निर्वाचन संयोजक कौशिला सिह ठकुरीले बतनउनु भएको छ । बर्दिया जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा पनि आजै सर्वसम्मत प्रतिनिधि छनौट गरिएको ठकुरीले बताउनु भयो । निर्वाचित प्रतिनिधिहरुलाई जिल्ला अध्यक्ष प्रेमप्रसाद पोखरेलले प्रमाणपत्र र टीका लगाइ बधाई तथा शुभकामना दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments