• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
नेपाली काँग्रेसकी सचेतक निमा गिरीको प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता 

बुटवल, ८ असार, बुटवल । लुम्बिनी प्रदेश सभामा पहिलो पटक संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सचेतक निमा गिरीको प्रस्तावमा संकल्प प्रस्ताव दर्ता भएको हो । संकल्प प्रस्तावमा नेकपा माओवादी केन्द्रकी सचेतक कृष्ण कुश्मा थारु र जसपा नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्ले समर्थक रहनु भएको छ ।

प्रदेश सभा सचिवालयमा शुक्रबार दर्ता भएको प्रस्तावमा प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउ धनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाबारे उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशमा सडक दुर्घटना र यसबाट हुने क्षतिको अवस्था दर्दनाक भएकाले त्यसको न्यूनिकरणका लागि पहल गर्न संकल्प प्रस्ताव दर्ता गरिएको सचेतक गिरीले बताउनु भयो । विक्रम संवत २०७७ देखि २०७९÷२०८० सम्मको त्रीबर्षिय सवारी दुर्घटना विवरण अनुसार लुम्बिनी प्रदेशमा एक हजार पाँचसय ३९ जनाको मृत्यु भएको छ भने तीन हजार पाँच घाईते भएका छन् । 

सड़क दुर्घटना पश्चात समयमै उपचार नपाउने, उपचार पाएपनि उपचार महंगो हुने र लामो समय उपचार गर्नुपर्ने, दुर्घटना पीडितले अत्यन्तै शारिरिक र मानसिक कष्ट पाउने, दुर्घटनाका पीडित र पीडितको परिवार सडक दुर्घटनाको कारण विक्षिप्त बन्ने अवस्था रहेको प्रस्तावमा उल्लेख गरिएको छ । सडक दुर्घटनाका पीडितको लागि लुम्बिनी प्रदेश भित्र आकस्मिक उपचार, निःशुल्क उपचारको व्यवस्था गर्न र दुर्घटनापछि सिघ्र उद्दारको लागि प्रभावकारी संयन्त्रको व्यवस्था गर्न प्रस्तावमा माग गरिएको छ । त्यसैगरी दुर्घटनाका पीडितलाई सहज जीवन यापनका लागि राहतको व्यबस्था गर्नुपर्ने पनि प्रस्तावमा उल्लेख गरिएको सचेतक गिरीले बताउनुभयो । 

सुरक्षित सड़क, सुरक्षित यात्रा, सुरक्षित सबारी, सडक दुर्घटनाका घाइतेको छिटो उद्दार, निःशुल्क उपचार र दुर्घटनाका पीडितलाई प्रदान गरिने क्षतिपूर्ति र ट्राफिक जनचेतनालाई सम्बोधन गर्दै प्रदेशस्तरको सडक सुरक्षा सम्वन्धी विधेयक तर्जुमा गर्न, प्रचलित कानूनको प्रभावकारी कार्यान्वयनको लागि आवश्यंक रणनीति निर्माण गरी तिनको समन्वय र समर्पित समय सीमासहितका लक्ष्य तोकिएको प्रदेश स्तरीय सडक सुरक्षाको कार्ययोजना बनाउने, प्रदेश स्तरीय सडक सुरक्षा कार्ययोजनामा भएका क्रियाकलापहरूको कार्यन्वयन गर्न आवश्यक रहेको पनि प्रस्तावमा माग गरिएको छ । प्रस्तावलाई उच्च प्राथमिकताका साथ अगाडि बढाईने आश्वासन सभामुख तुलाराम घर्तीले आश्वासन दिनु भएको पनि सचेतक गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments