• १३ माघ २०८१, आइतवार
  • १४ °C काठमाडौं
सिकलसेल बिरुद्ध एकजुट भएर लाग्नुपर्छ : डाक्टर दहित

केशव कोईराला, ३० असार, राजापुर (बर्दिया) । युनिक नेपालका संरक्षक डाक्टर गोपाल दहितले सिकलसेल विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ । युनिक नेपाल बर्दियाको आयोजनामा राजापुर २ जोतपुरमा  सिकलसेल एनिमिया सम्बन्धि जनचेतना मुलक कार्यक्रममा बोल्दै डा. दहितले यस्तो बताउनु भयो । 

मन दह्रो बनाएर सिकलसेल एनिमियाको चेकजाँच गर्न सबै जुट्नु पर्ने बताउनु भयो । नेपाल सरकारले सिकलसेल ग्रसितलाई  १ लाख रुपैया उपचार खर्चदिदै आएकोमा अस्पतालका केही कर्मचारीले सहजै औषधि दिन कन्जुस्याइँ गर्ने गरेको गुनासो आएको समेत दहितले सुनाउनु भयो । सिकलसेल बारे  डाक्टरको तथ्यांकको आधारमा आफू संसद भएको बेलामा जोडदार माग गरेको सुनाउदै दहितले यो प्रर्याप्त नभएको र व्यापक दबाबको खाँचो रहेको औल्याउनु भयो । कार्यक्रममा सहजीकरण गर्दै सिकलसेल एनिमिया समाजका अध्यक्ष प्रभुराम चौधरीले आम मानिसमा जानकारी नभएकाले चुनौती बढेको बताउनु भयो । 

सिकलसेल लागेकालाई समाजले के भन्ला भन्ने सोचले पनि चेक जाँच नगराउने भएकाले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउदै चौधरीले पालिकास्तरिय पाठ्यक्रममा सिकलसेल बारे जानकारी दिनुपर्ने खाँचो औल्याउनु भयो । सिकलसेल बारे पहिचान, उपचार र जनचेतना आवश्यक रहेको भन्दै अभियन्ता चौधरीले सरकारले बिशेष प्याकेज ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने नेपाल रक्तदाता स्वयंसेबि समाज राजापुरका अध्यक्ष लोकराज ढुङ्गानाले सिकलसेलका बिरामीहरुलाइ रगत चाहिएमा सम्पर्क राख्न आग्रह गर्नुभयो । युनिक नेपालका अध्यक्ष पृम बहादुर थारुको सभापतित्वमा आयोजित कार्यक्रममा बरघर, बिद्यार्थी, युनिक कर्मचारी, स्थानीय, पत्रकार लागायत सरोकारवाला सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments