पुष्पलाल श्रेष्ठको विचार र सिद्धान्तले गणतन्त्र आएको हो : पुर्वमन्त्री अर्याल
यज्ञप्रसाद सापकोटा, ७ साउन, गुलरिया । नेकपा एमालेकी सचिव तथा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पुर्व मन्त्री पद्मा अर्यालले स्व.पुष्पलाल श्रेष्ठको विचार र सिद्धान्तले गर्दा गणतन्त्र आएको बताएकी छन् । उनले स्व. श्रेष्ठ हाम्रो माझ नभएपनि उनको विचार सिद्धान्त हाम्रो माझ भएको कारणले सबै पार्टी मिलेर संयुक्त जनआन्दोलन गरी गणतन्त्र आएको बताइन् ।
नेकपा एमाले बर्दियाले आयोजना गरेको ४६ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आजको परिस्थितिमा पुष्पलाल श्रेष्ठको विचारको सान्र्दभिकता विषयक विचार गोष्ठीमा सचिव तथा पुर्वमन्त्री अर्यालले सो कुरा बताएकी हुन् । उनले पुष्पलाल श्रेष्ठको विचार ४६ बर्ष पछि पनि अझै प्रभावकारी र समय सान्दर्भिक रहेको बताइन । ‘२००६ सालमा उहाँले प्रतिपादन गरेको विचारलाई सम्मान गर्दै नेकपा एमालेले सबै कम्युनिष्टहरुलाई एकिकृत गर्दै लैजानु पर्छ ।’
उनले भनिन् –‘ यदी पार्टी एकिकृत नभएका कम्युनिष्ट विचारधाराका सबै जनतालाई एमालेमा समेट्ने योजना रहेकोे छ ।’ गोष्ठिको शिलशिलामा बर्दिया पुगेकी सचिव एवं पुर्व मन्त्री अर्यालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा उनको फोटोमा माल्यार्पण गर्दै बृक्षारोपण समेत गरेकी छन् । पुष्पलालको स्मृतिमा धुपीको विरुवा रोपिएको थियो ।
विचार गोष्ठिमा नेकपा एमालेका नेता एवं संविधान सभा सदस्य श्याम ढकाल, नेकपा एमाले लुम्बीनी प्रदेश उपसचिव लिला राना, अग्रज पत्रकार तथा प्रध्यापक राजेन्द्र प्रसाद धिताल लगायतका सहभागीहरुले पुष्पलाल श्रेष्ठको विचारको बारेमा आफ्ना भनाई राखेका थिए । नेकपा एमालेका संघ, प्रदेश र जिल्लाका नेताहरु, जिल्ला समन्वय समिति प्रमुख, राजनीतिक दल, नागरीक समाज, पत्रकार, नेकपा एमालेका कार्यकर्ता लगायतको उपस्थीती रहेको थियो ।
Facebook Comments