बर्दियामा आगलागीमा परी ४ जनाको मृत्यु, १ घाईते
मुरली गोडिया, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ तुलापुरमा एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गएराती १० बजेको समयमा घरमा आगलागी हँुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते भएका छन ।
मृत्यु हुनेमा ९ बर्षिय क्रिस चन्द, १८ महिनाका कार्तिक चन्द, ३६ बर्षिया राधा बुढा र ९ बर्षिय मानसिङ बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताउनु भयो । घटनामा परी २७ वर्षिया करिष्मा चन्द घाइते भई बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । आगलागीको घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
२६ °C काठमाडौं
Facebook Comments