भूकम्प पीडितलाई बर्दियाबाट सहयोगको चाङ
यादव आचार्य, गुलरिया । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भई केही हप्ता अघि मध्यरातमा गएको भुकम्पका पीडितहरुलाई जिल्ला विपद ब्यवस्थापन समिति बर्दियाको समन्वयमा सहयोग प्राप्त हुने क्रम जारी छ । पीडितका लागि खाद्यान्न, त्रिपाल, ब्लाङकेट लगायत आधारभुत आवस्यकताका सामाग्रीहरु भुकम्पग्रस्त क्षेत्रमा पुगेको छ ।
बर्दिया अक्सिजन बैंक र गुलरिया उद्योग बाणिज्यले प्रमुख जिल्ला अधिकारीको रोहवरमा जाजरकोट जिल्ला छेडागाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डांगीलाई ५ सय थान त्रिपाल हस्तान्तरण गरेको छ । भूकम्पबाट प्रभावित घरपरिवारको सहज जीवनयापनका लागि प्रभावित क्षेत्र मध्येको जाजरकोटको छेडागाड नगरपालिकाका प्रभावित घरपरिवारको सहयोगका लागि त्रिपाल उपलब्ध गराईएको अक्सिजन बैंकका अध्यक्ष भेषराज पौडेलले बताए । त्यस्तै गुलरिया नगरपालिकाले खाद्य सामाग्री चामल उपलब्ध गराएको छ ।
प्रकोप व्यवस्थापन कोषबाट व्यहोर्ने गरी रु. १० लाख रुपैयाको अधिनमा रही खाद्यसामाग्री उपलब्ध गराएको हो । नपाबाट आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग उपलब्ध गराउने निर्णय भएको गुलरिया नगरपालिकाका नगरप्रवक्ता शुधांशु प्रकाश शर्माले बताए । बारबर्दिया नगरपालिकाले जाजरकोट पुगेरै सवा ५ लाखको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री विपद ब्यवस्थापन कोषमा ५ लाख २५ हजार रुपैया सहयोग उपलब्ध गराएको हो । जाजरकोट तथा रुकुम पश्चिमका पीडित स्थानियको खोजउद्धार, उपचार, पुर्नस्थापना, पुर्ननिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन रकम हस्तान्तरण गरेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले बताए ।
जाजरकोटमा देखिएका घरहरु मध्ये नयाँ घरहरु नभत्किएको तर पूराना घरहरु भत्किएको छ । उनले भने पूराना मक्किएका ईटा, कुहिएका काठहरुबाट बनेका घरहरु अधिकांस भत्किएको देखियो । उपमेयरको घटना भएको घर पनि पूरानो भएका कारण भत्किएको छ । पीडितहरुलाई थोरै भएपनि सहयोग पुगेस भनी उपलब्ध गराएका हौं । भूकम्प पीडितहरुलाई ठाकुरबाबा नगरपालिकाले रक्तदानगर्दै आवस्यक आर्थिक सहयोग दिने बताएको छ । घाईतेहरुलाई तत्काल २४ पिन्ट रक्त उपलब्ध गराएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताए ।
त्यस्तै नगरपालिकाले ५ लाख, नगरप्रमुखको ५० हजार, कर्मचारीहरुको १ दिन बराबरको तलब करिब साढे १ लाख रुपैया तथा पालिका अन्र्तगतका सहकारी संस्थाहरुबाट २ लाख रुपैया संकलन भैसकेको उनले भने वडा अध्यक्ष लगायत सबै जनप्रतिनिधिहरुलाई सहयोगको लागि आब्हान गरेका छौं । पालिका अन्र्तगतका शिक्षकहरुको १ दिन बराबरको तलब भुकम्प पीडितहरुलाई सहयोग गर्ने छलफल भएको छ । जिल्ला विपद ब्यवस्थापन समिति बर्दियासँग समन्वय गरी भुकम्पग्रस्त क्षेत्रमा माग भए अनुसारको आवस्यक सहयोग उपलब्ध गराउँछौं । पालिका भित्र सबै क्षेत्रबाट सहयोग जम्माभए पश्चात सहयोग हस्तान्तरण गरिने उनको भनाई छ ।
बर्दिया विपद ब्यवस्थापन समितिको समन्वयमा समाचार तयार पारुञ्जेल सम्म जाजरकोटका भूकम्प पीडितहरुलाई सहयोग आईरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । बर्दियाबाट उपलब्ध गराईएको सम्पूर्ण सहयोग सम्वन्धित जिल्लाको विपद ब्यवस्थापन समिति मार्फत वितरण गर्ने ब्यवस्था मिलाएका छौं । बर्दिया मार्फत प्रधानमन्त्री विपद ब्यवस्थापन समितिमा नगद ७ लाख ३४ हजार ५५ रुपैया प्राप्त भएको छ । त्यस्तै चामल ७ सय २ दशमलव ५ क्विन्टल, त्रिपाल १ हजार ४८ थान, ब्लाङकेट (कम्बल) ६ सय ३० थान, सेल्टर किट ५ सय थान, हाईजिन किट ४ सय ७० थान, डिग्नीटी किट १ सय २० थान, दाल र नून २/२ बोरा, खाद्यान्न प्याकेज १ सय वटा, तेल १ सय लिटर र ३ पेटी तथा चिउरा ५० किलोग्राम प्राप्त भएको छ ।
ब्यक्तीगत रुपमा जाजरकोट पुगेर पनि धेरै सहयोग भएका छन् । हामीले सकभर सबैलाई समन्वय गर्न अनुरोध गरेका छौ । प्रजिअ रिसालले भने राजापुर, बाँसगढी, गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाबाट सहयोग उपलब्ध भएका छन् । नेपाल रेडक्रस सोसाईटी, केयर नेपाल र मानविय सहायता साझेदारी मञ्च, थारु महिला उत्थान केन्द्र, ठकुरी सेवा समाज, बर्दिया जिल्ला अदालत बार एशोसिएसन, निजामति कर्मचारीको ट्रेड युनियन, उद्योग बाणिज्य संघ र अक्सिजन बैंक लगायत नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भूकम्प पीडितलाई हाम्रो समन्वयमा सहयोग उपलब्ध गराएका छन् ।
२६ °C काठमाडौं
Facebook Comments