बारबर्दियाको उत्कृष्ट स्वास्थ्य संस्था धधवार स्वास्थ्य चौकी
टिकाराम चौधरी, २१ भदौ, बर्दिया । बारबर्दिया नगरपालिकाले स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । बारबर्दिया स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्षका ०८०/०८१ मा सम्पादित कार्यक्रमलाई दुईदिने समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
बारबर्दियामा रहेको एक नगर अस्पताल, तीन वटा स्वास्थ्य चौकी, ७ वटा आधारभूत स्वास्थ्य केन्द्र, मगरागाडी आयुर्वेद औषधालय, मानिसक स्वास्थ्य परामर्श केन्द्र (सि.एम.सी) र स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरुले गत आर्थिक बर्षमा संचालन गरेका क्रियाकलाप, चुनौती तथा उपलब्धीको छलफल गरीएको छ । नगरपालिकाको स्वास्थ्य संस्था मध्ये वडा नम्बर १० मा रहेको धधवार स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । ७ वटा आधारभूत स्वास्थ्य केन्द्र मध्ये वडा नम्बर ११ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र उत्कृष्ट भएको छ । बारबर्दिया नगरपालिकामा नगरप्रमुख छबिलाल थारुले जनशक्तिको अभावका बिच पनि उत्कृष्ट स्वास्थ्य सेवा दिरहेको बताउनु भएको छ ।
नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि काम गरीरहेको र स्वास्थ्यकर्मीहरुले पनि मेहनतका साथ भौतिक संरचनाको अभाव रहेपनि उपलब्ध श्रोत साधनबाट प्रभावकारी सेवा प्रवाह गरीरहेको बताउनु भएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सेवा गर्दा पनि सकारात्मक प्रतिस्पर्धा गरियो भने अझ प्रभावकारी स्वास्थ्य सेवा बनाउन सकिने बताउनु भएको छ । बर्दिया जिल्लामा प्रत्येक बर्ष झै एउटा पालिका मात्र उत्कृष्ट भईरहेको छ । त्यसलाई अर्को पालिकाले पनि सकारात्मक प्रतिस्पर्धा गर्ने हो भने अन्य पलिकाहरु पनि उत्कृष्ट हुन सक्ने उहाँको भनाई छ ।
जो कोही उत्कृष्ट भएपनि आजै देखि सुधार उन्मुख भयो भने उत्कृष्ट हुन सकिदैन भन्ने छैन, त्यसैले आजै देखि नै सबै मापदण्डका ईन्डिकेटरहरुमा एक दुई नम्बर बढाउदै जाने हो भने उत्कृष्ट सेवा दिने स्वास्थ्य संस्था हुन सक्ने बताउनु भएको छ । गर्न नसकिने केही पनि कुरा नरहेकोले स्वास्थ्य संस्थाको सबै पक्ष सुधारात्मक बनाउनु पर्ने बताउनु भएको छ । समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बारबर्दियाका सम्पुर्ण स्वास्थ्य संस्थाका प्रमुखहरु र स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको सहभागितामा उत्साहपुर्वक कार्यक्रम सम्पन्न भएको बारबर्दिया स्वास्थ्य शाखाका प्रमुख गोबिन्द पौडेलले जानकारी गराउनु भएको छ ।
Facebook Comments