काँग्रेसको गुटवन्दीले लोकतन्त्र धरापमा : लुम्विनी प्रदेश वन मन्त्री कुर्मी
चुरेकुञ्ज, २४ भदौ, बर्दिया । नेपाली काँग्रेस भित्रको गुटवन्दीले लोकतन्त्र धरापमा पर्ने वन तथा वातावरण मन्त्रालय लुम्विनी प्रदेशका मन्त्री एवम् नेपाली कांग्रेसका नेता वादशाहा कुर्मीले बताउनु भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बर्दियाले जननायक विपी कोईरालाको १११ औं जन्मजयन्तीका अवसरमा आयोजित नेपाली काँग्रेस र अबको कार्यदिशा बिषयक गोष्ठिलाई सम्बोधनगर्दै कुर्मीले काँग्रेस भित्र गुटवन्दी क्यान्सरको रुपमा रहेको औल्याउनु भयो ।
विपिको विचारमा छलफल चल्नु राम्रोे भएको बताउँदै उहाँले भन्नुभयो काँग्रेसको अधिवेशनमा बनेको गुटगत तुषले पार्टीलाई कमजोर बनाउँदै लैजाने जिकिर गर्नुभयो । काँग्रेस कमजोर हुँदा आन्दोलनबाट प्राप्त सबै उपलब्धी गुम्ने भएकाले एकजुट भएर अगाडी बढ्न सुझाव दिनुभयो । अब पनि काँग्रेसले संगठन सुदृढ गर्न नसके युवा कार्यकर्ताको अवस्था अनिश्चित हुने भएकाले गुटगत संस्कार सुधार्दै विपीको सिद्धान्त अनुसरण गर्नु पर्नेमा जोड दिनु भयो ।
मन्त्री कुर्मीले बर्दियाका सामुदायिक, धार्मिक, कवुलियत तथा निजि वनका समस्या समाधान गर्न लुम्विनी प्रदेश वन मन्त्रालय सधै साथमा रहेको बताउँदै सर्वपक्षिय छलफलबाट प्रदेशमा योजनाहरु ल्याउन आग्रह गर्नुभयो ।
प्रदेश सरकारले पूरक बजेट ल्याउन नसक्दा समस्या परेको उहाँको भनाई छ । गोष्ठिमा सहभागी वक्ता नेताहरुले विपीको विचार अझै सान्दर्भिक रहेकोले समयको परिवर्तनसँगै अबको दिशा औल्याउनु पर्नेमा जोड दिएका थिए । पछिल्लो समय नेपाली काँग्रेस पार्टीले विपिको विचारबाट विचलित भएकोभन्दै नेताहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरको अध्यक्षतामा गरिएको गोष्ठिको संचालन नेपाली काँग्रेस बर्दियाका जिल्ला सचिव जग्गा प्रसाद पाण्डेले संचालन गर्नुभएको थियो । गोष्ठिमा सहभागी नेताहरुले विचार राख्न पाउनुपर्ने माग गरेका थिए । तर प्रमुख अतिथी मन्त्री कुर्मीको कार्य ब्यस्तताका कारण कार्यक्रम छोट्याईएको सचिव पाण्डेले कार्यक्रममा जानकारी दिनु गराउनु भएको थियो ।
Facebook Comments