• २८ असोज २०८१, सोमवार
  • २४ °C काठमाडौं
राजापुरमा गरिएको रक्तदानमा ४८ पिन्ट रगत संकलन

केशव कोईराला, २९ भदौ, राजापुर (बर्दिया) । यूनिक नेपाल बर्दिया र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाको संयुक्त आयोजनामा राजापुरमा गरिएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

यूनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनडौराले संकलित ४८ पिन्ट रगत मध्य २५ पिन्ट जिल्ला रेडक्रस बर्दियालाई २२ पिन्ट राजापुर रगत संकलन केन्द्रलाई हस्तान्तरण गरिएको बताउनु भयो । पछिल्लो समय सिकलसेल एनीमियाका बिरामी, दुर्घटनाका घाइते र सुत्केरीहरुलाई रगत अत्यावश्यक पर्ने हुँदा थोरै भएपनी मागको परिपुर्ति गर्न संकलित रगत काम लाग्ने अपेक्षा गरिएको स्वयंसेवी रक्तदाता समाज राजापुरका अध्यक्ष लोकराज ढुङ्गानाले बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रहरी, स्थानीय, विभिन्न संघ संस्थाका प्रतिनिधी, कर्मचारी, पत्रकार लगायत सहभागी थिए । यसैबिच युनिक नेपालकै आयोजनामा निःशुल्क आँखा तथा कान जाँच शिवीर आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटि बर्दिया र शिव गंगा आँखा उपचार केन्द्र गुलरियाको प्राबिधि सहयोगमा शिवीर संचालन गरिएको युनिक नेपालका अध्यक्ष प्रिम वहादुर थारुले जानकारी दिनुभयो । शिवीरमा ८४ जनाले कान जाँच गरेका छन् भने १ सय ५३ जनाले आँखा जाँच गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments