• २८ असोज २०८१, सोमवार
  • २३ °C काठमाडौं
बर्दियाका बाल बालिकाहरुमा हात्तीपाईले रोगको ट्रान्समिशन परिक्षण गरिँदै

यादव आचार्य, ३१ भदौ, बर्दिया । बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ कक्षामा अध्ययनरत बाल वालिकाहरुमा नेपाल सरकारको प्राथमिकतामा परेको राष्ट्रिय हात्ती पाईले रोग निवारण कार्यक्रमको ट्रान्समिशन एसिसमेन्ट सर्वे (टास) शुरु गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका विद्यालयहरुमा हात्तीपाईले रोगको दोस्रो चरणको ट्रान्समिशन सर्वे शुरु गरिएको हो ।

कक्षा १ र २ मा अध्ययनरत ६/७ बर्षका बाल वालिकाहरुमा हात्तीपाईले रोगको ट्रान्समिसन छकी छैन भन्ने बिषयमा अध्ययन एवम् नयाँ कार्यक्रम बनाउन सर्वे शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर, हेटौडाका प्राविधिक ल्याव निरिक्षक राजकुमार इटेनीले बताउनु भएको छ । नयाँ संक्रमण जाँच्न बाल बालिकाको सो उमेर समूह उपयुक्त मानिएको छ । बर्दियामा ३७३ विद्यालयका १८ हजार ९५० विद्यार्थीहरु मध्ये ३७ विद्यालयका १ हजार ५५२ विद्यार्थीहरुको नमुना परिक्षण गरिनेछ । 

उहाँका अनुसार रक्तनमुना जाँचका क्रममा पोजिटिभ बिद्यार्थीहरुको संख्या एसएसवीले दिएको स्टाब्लिज्ड क्रिटिकल कट अफ १८ भन्दा कम भएमा टास सर्वे सफल मानिन्छ । यदि १८ भन्दा बढी भएमा असफल मानिन्छ र अगाडी के गर्ने भन्ने बिषयमा बिज्ञहरुको सुझाव लिईन्छ । सर्भे फिल्डमा १ जनाले विद्यार्थीहरुको लाईन अनुसार नाम दर्ता र परामर्श दिने, १ जनाले नमुना संकलन गर्ने र १ जनाले प्राप्त नमुनाको लेखाजोखा र रेकर्ड अद्यावधिक गर्ने गरी सर्वे टिममा ३ जना संलग्न रहन्छन् । 

सन् २०२२ को तथ्यांक अनुसार दक्षिण पूर्वी एशियामा ५४ प्रतिशत रोगको भार रहेको छ जसमध्ये ४० प्रतिशत भारतमा मात्र छ । नेपालमा हात्तीपाईलेको जोखिममा ६४ वटा जिल्ला छन् । रोगको प्रीभालेन्स १३ दशमलव ५ प्रतिशत छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेर उच्चेरिया ब्रानक्रोफ्टी नामक परिजीवीहरु शरिरमा प्रवेश गरेपछि हात्तीपाईले रोग लाग्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । 

स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दिया जिल्लामा हात्तीपाईले रोग निवारण अभियान अन्र्तगत १० बर्ष औषधी खुवाईएको छ । सन् २०१२ देखि ३९ दशमलव ८ प्रतिशत बेशलाईनबाट शुरु गरिएको आम औषधी सेवनको कभरेज सन् २०१३ मा ६९.१ प्रतिशत, २०१४ मा ७६.२, २०१५ मा ७९.१ २०१६ मा ७६ प्रतिशत, २०१७ मा ७६.६ २०१८ मा ७३.४, २०१९ मा ७३.८ प्रतिशत, २०२० मा ७८.५ र सन् २०२१ मा ७९.१ प्रतिशतले हात्तीपाईले बिरुद्धको औषधी सेवन गरेका छन् । बर्दियामा जिल्ला स्तरिय अभिमुखीकरण गरी सर्वे शुरु गरिएको छ । 

सम्बन्धित समाचार

Facebook Comments