• २८ असोज २०८१, सोमवार
  • २४ °C काठमाडौं
बाँसगढी नगर अस्पतालबाट ओपीडी सेवा संचालन

विन्दु चौधरी, ४ असोज, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाको नगर अस्पतालबाट विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ओपिडी सेवा सुरु गरिएको छ । आज बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काको उपस्थितमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपिडि सेवा शुभारम्भ गर्नु भएको छ । 

वा शुरुगर्दै नगर प्रमुख खड्काले बाँसगढी नगरपालिकाले नगर अस्पतालमा स्वास्थ्यको सेवा विस्तारका लागि ओपिडि सेवा सुचारु गरेको बताउनु भयो । उहाँले अस्पतालमा आवश्यक पर्ने जनशक्ति ब्यवस्थापन गर्न प्रक्रिया अघि बढेको उल्लेख गर्दै पहिलो प्राथमिकतामा बाँसगढी नगर अस्पतालाई राखेर जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुने स्वास्थ्य सेवालाई प्रभावकारी र ब्यवस्थित रुपमा अघि बढाउन जनप्रतिनिधि, कर्मचारी, संघसंस्था, स्वास्थ्यकर्मी हरुको समन्वयकारी भूमिका आवश्यक हुने उल्लेख गर्नुभयो । 

बाँसगढी नगर अस्पतालले ओपिडि सेवासँगै नेपाल सरकारबाट प्राप्त हुने ९२ प्रकारका औषधी निशुल्क वितरण तथा अस्पतालबाट खरिद गरेको औषधी सुपथ मुल्यमा उपलब्ध गराईने अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालमा प्रयोगशाला सेवा, २४ सै घण्टा एम्बुलेन्स सेवा, २४ सै घण्टा सुरक्षित सुत्केरी सेवा, सिकलसेल एनिमिया जाँच, सुरक्षित गर्भपतन सेवा पाउने जानकारी गराइएको छ । मानसिक रोगका विरामीहरुलाई मानसिक रोगको उपचार तथा परामर्श सेवा, क्षयरोगको उपचार सम्बन्धी सेवा, कुष्ठरोग, नसर्ने रोगको परामर्श सेवा र रेविज विरुद्धको खोप निःशुल्क दिइने गरेको बाँसगढी नगर अस्पतालका सिनियर अ.हे.व अधिकृत हरिहर तिवारीले जानकारी दिनुभयो ।  

सम्बन्धित समाचार

Facebook Comments