• २८ असोज २०८१, सोमवार
  • २४ °C काठमाडौं
बाँसगढी नगरपालिकाले विद्यार्थीसँग उठाउँदै आएको अतिरिक्त शुल्क खारेजीको माग

चुरेकुञ्ज, ८ असोज, गुलरिया (बर्दिया) । बाँसगढी नगरपालिकाको निर्णयले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अतिरिक्त शुल्क उठाएको भन्दै चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलनगर्दै आईरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विभिन्न मागराख्दै गुलरियामा पत्रकार सम्मेलन गरेको छ । नगरपालिकाको शिक्षा शाखामा शुल्कको बिरोधमा तालाबन्दी गरेपनि नगर प्रशासनले मागको सुनुवाई नगरी ताला फोडेकोभन्दै आपत्ती जनाईएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) बर्दिया जिल्लाका ईन्चार्ज भरत परियारले मंगलवार पत्रकार सम्मेलनगर्दै विज्ञप्ती सार्वजनिक गर्नु भएको छ । प्रत्येक नागरिकलाई आधारभुत तहसम्मको शिक्षा निशुल्क प्रदान गर्ने दायित्व राज्यको हुँदाहुदै बाँसगढी नगरको निर्णयले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क उठाउनु घोर आपत्ती रहेको संगठनको विज्ञप्तीमा उल्लेख छ । 

अनेरास्ववियु (क्रान्तिकारी) बर्दियाका संयोजक रामता थारुद्वारा हस्ताक्षरित विज्ञप्तीमा अतिरिक्त कक्षाका नाममा लिईने अतिरिक्त शुल्क खारेज गरिनुपर्ने, सरकारी विद्यालयमा निजिकरणलाई प्रर्बद्धन गर्ने कार्य बन्द गरिनुपर्ने, शिक्षक शिक्षिकाको योगदान बापत उचित पारिश्रमीक पाउनु पर्ने भएकाले राज्यले बजेट ब्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

अनेरास्ववियु (क्रान्तिकारी) का प्रदेश ईन्चार्ज सर्जन पाण्डेले बाँसगढी नगरपालिकाले विद्यार्थीहरुको निःशुल्क पढ्न पाउनुपर्ने ब्यवस्थालाई सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथी पाण्डेले पालिकाले शुल्क लिएर विद्यार्थीहरुलाई रसिद नदिने गरेको बताउँदै पालिका प्रमुखहरुले गर्ने माफियातन्त्रको खबरदारी गर्न अनेरास्ववियु (क्रान्तिकारी) ले नछाड्ने दोहोर्याउनु भयो । उठाईदै आएको शुल्क खारेज नभए सम्म शान्तिपूर्ण आन्दोलन जारी रहने उहाँको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments