• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
गतिरोध अन्त्यगर्दै बढैयाताल गाउँपालिकाको बार्षिक बजेट पास गर्न माग

दलबहादुर सुनार १२ असोज, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकाको आर्थिक बर्ष ०८१/८२ को बार्षिक बजेट पास गर्न पालिकाले कुनै पहल नगरेको भन्दै नेकपा एमालेबाट निर्वाचित बढैयाताल गाउँपालिका अन्र्तगतका जन प्रतिनिधिहरुले प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् । बार्षिक बजेट पास गर्ने क्रममा विभिन्न बिषयगत समिति, शाखा र कार्यकालिकामा घनिभुत छलफल पश्चात असार १० गते भित्र पास गर्नुपर्ने बजेट यतिका दिन वितिसक्दा पनि पास नभएकोले गतिरोध अन्त्यगरी बजेट पास गर्न उनीहरुले विज्ञप्ती मार्फत जोडदार माग गरेका छन् ।

एमाले सर्मथित जनप्रतिनिधिहरुको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको विज्ञप्तीमा समयमा वजेट निमार्ण नहुँदा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको आन्तरीक खर्च ब्यबस्थापन लगाएत सबै कामहरु गर्नका लागि २०७४ को परिक्षेद ४ दफा १९ को उप दफा ३ बमोजिम तुरुन्त बिशेष गाउँसभाको आह्वान गरि गतिरोध अन्त्य गर्न जोडदार माग गरिएको छ । 

२०७९ सालको स्थानिय निर्वाचनमा एमालेवाट निर्वाचित बढैयातालका २४ जना जन प्रतिनिधीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ बढैयाताल गाउँपालिकाको सवाङ्गीण विकासमा एमाले वाट निर्बाचित प्रतिनिधिहरु जिम्मेवारी बोधका साथ भूमिका निर्वाह गर्न सदैब प्रतिबद्ध छौ  । पालिका भित्र चोखो हुन एक अर्कालाई झुटो आरोप लागाउने प्रवृतीले पालिकालाई अनिर्णयको बन्दी बनाएकोले पालिकाको समग्र बिकासमा एमाले वाट निर्वाचित जन प्रतिनिधिहरु कहिले बाधक नहुने र नभएको बढैयाताल गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले बताउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments