• २७ कार्तिक २०८१, मङ्गलवार
  • २२ °C काठमाडौं
राजापुरमा आयोजित महिला–पुरुष दौड प्रतियोगितामा पुजा र निरक प्रथम

केशव कोईराला, १८ असोज, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।  युनिक नेपाल बर्दियाको आयोजनामा दशैको अवसर पारेर दौड प्रतियोगिताको गरिएको हो ।

प्रथम युनिक बर्दिया दौड प्रतियोगितामा २०८१ नाम दिइएको प्रतियोगितामा पुरुष तर्फ ८ किलो मिटर दुरीमा निरक चलाउने प्रथम भएका छन् । उनले २९ मी ९ सेकेन्ड समयमा दुरी पार गरेका हुन् ।  यस्तै अनिल थारु द्वितिय भएका छन् । उनले ३१ मी ४६ सेकेन्ड समयमा दुरी पार गरेका हुन् । यस्तै रोमित चौधरी तृतीय भएका छन् । उनले ३२ मीनेट २ सेकेन्ड समयमा दुरी पार गरेका छन् । यसैगरी  महिला तर्फ  पुजा पछाई प्रथम  भएकी छन् । उनले २१ मी ५३ सेकेन्ड समयमा दुरी पार गरेकि हुन् । 

यस्तै राधा सुनार द्वितिय भएकी छन् । उनले २२ मी १७ सेकेन्ड समयमा दुरी पार गरेकी हुन् । यस्तै वर्षा राय तृतीय भएकी छन् । उनले २३ मी ५२ सेकेन्ड समयमा दुरी पार गरेकी हुन् । प्रतियोगितामा पुरुष र महिला गरेर २ सय बढि जना सहभागी थिए । बिजेताहरुलाई नगद, मेटल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।  युनिक नेपालका अध्यक्ष प्रिम वहादुर थारुको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथीमा युनिक नेपालका संरक्षक डाक्टर गोपाल दहित प्रमुख अतिथी रहनु भएको थियो । 

कार्यक्रमका बिशेष अतिथीहरुमा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, अतिथीहरुमा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी सागर बोहोरा लगयात सहभागी थिए । सरकारले खेल क्षेत्रमा लगानी बढाउन नसकेको अवस्थामा नयाँ खेलाडीलाई खेल प्रति आकर्षण गर्न प्रेरणा मिल्ने बिश्वासका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । युनिक स्पोर्टस् क्लवको समन्वयमा प्रतियोगिताको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

Facebook Comments