• ३ चैत २०८१, सोमवार
  • २५ °C काठमाडौं
सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाको ध्याकर्षण पत्र

मुरली गोडिया, १८ असोज, गुलरिया (बर्दिया) । मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्वतयारी कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाले सरकारलाई ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको हो । 

नेपालीहरुको महत्वपूर्ण चाडपर्व दशैं, तिहार, नेपाल संवत, छठ पर्व नजिकिंदा आवतजावत बढ्ने हुँदा यसलाई मध्यनजर गर्दै आइपर्न सक्ने थप विपद्को पूर्वतयारीका लागि समेत ध्यानाकर्षण गराईएको छ । घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिई यथाशीघ्र उचित उपचारको व्यवस्था गर्न तथा तत्काल गास र बासको व्यवस्था मिलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिने कार्यलाई पहिलो प्राथमिकतामा राख्न ध्यानाकर्षण गराईएको छ । 

विपद्मा परी ठूलो संख्यामा भएको मृतकको खोजी, संकलन तथा पीडित परिवारलाई दाह संस्कार गर्न सहयोग गर्न अत्यावश्यक भएको बताईएको छ । अधिकांश राजमार्गमा पुलहरु टुटेको हुँदा अस्थायी बेलीब्रिजको यथाशीघ्र व्यवस्था गर्न आग्रहगर्दै राजमार्ग र अन्य सहायक मार्गहरुको अवस्था सुधार्न सरकारको गम्भीर ध्यानाकर्षण गरिएको छ । चाडबाडको बेलामा चोरीडकैती तथा अपराधिक घटना धेरै बढ्ने भएकोले सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न पूर्व तयारी अवस्थामा रहन रास्वपा बर्दियाका सभापति बिपिन पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सुझाईएको छ ।

बजारमा कृतिम अभाव सृजना गरिएको, कालो बजारले प्रशय पाएको, भ्रमपूर्ण विज्ञापनगरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मुल्यसुचि स्पष्ट नराखिएको, चाडपर्वको मौकाछोपी चरम मूल्यवृद्धि गरिएको, बिलबिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेन्टीको प्रत्याभूति नगरिएको लगायतका विषयमा अलिलम्ब अनुगमनलाई तीव्रता दिई व्यवसायीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशिघ्र र प्रभावकारी कदम चाल्न जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

सम्बन्धित समाचार

Facebook Comments