बाँसगढी नगर पालिकामा डेंगी नियन्त्रण गर्न सामूहिक प्रयास
विन्दु चौधरी, १९ असोज, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकामा डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । डेंगी रोगको प्रकोपबाट स्थानीय समुदायलाई जोगाउन नगरपालिकामा अभियान थालेको हो ।
अभियान अन्तर्गत बाँसगढी नगरपालिकाका विभिन्न स्थानहरूमा लामखुट्टेको लार्भा फेला पर्ने सम्भावित ठाउँहरू सफा गर्ने, लामखुट्टेको बासस्थान नष्ट गर्ने र जनचेतना फैलाउने कार्यहरू भइरहेको बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक तथा वास फोकलपर्सन कुल बहादुर विष्टले जानकारी दिनुभयो । अभियानमा स्थानीय बासिन्दालाई सरसफाइ र लामखुट्टे नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको छ ।
डेंगी रोग फैलाउने लामखुट्टे मुख्यतया पानी जमेको स्थानमा बस्ने भएकाले यस्ता ठाउँहरूमा ध्यान दिनु जरुरी रहेको नगर अस्पताल बाँसगढीका सिनियर अ.हे ब हरिहर तिवारीले बताउनुभयो । यसैविच बाँसगढी खानेपानी उपभोक्ता तथा सरफाई समितिको आयोजनामा बृहत सरफाई कार्यक्रम गरेको छ । बाँसगढी नगरपालिका वडा नम्बर ५ बाँसगढी चोकबाट सुरु भएको सरसफाई कार्यक्रममा नगर अस्पताल सम्म सरसफाई गरिएको हो । जनचेतनाको कार्यक्रमहरूलाई अगाडि बढाउने उद्धेश्यले आयोजना गरिएको उक्त सरसफाई कार्यक्रममा बाँसगढी खानेपानी उपभोक्ता तथा सरफाई समिति, बाँसगढी उद्योग बाणिज्य संघ, नगर अस्पताल बाँसगढी, युवा संजाल, बाल संजाल, नेपाल स्काउट, इलाका प्रहरी, शसत्र प्रहरी बन, उद्योगी व्यापारी लगाएतको सहभागिता रहेको थियो ।
बाँसगढी खानेपानी उपभोक्ता तथा सरफाई समितिले आयोजना गरेको सरसफाई अभियान अन्तरर्गत पहिलो चरणमा बजारका मुख्य सडकहरूमा सरससफाई गरिएको समितीका अध्यक्ष राजुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि सरसफाई कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो ।
Facebook Comments