• १० असार २०८३, बुधवार
  • २७ °C काठमाडौं
स्वास्थ्य सेवा प्रवाहमा बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट

यादव आचार्य, ६ कार्तिक, बर्दिया । बर्दियाको गुलरियामा अवस्थित जिल्लाकै जेठो बर्दिया अस्पताल आर्थिक बर्ष ०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको लुम्विनी प्रदेश स्तरिय बार्षिक समिक्षामा प्रथम भएको छ । जनशक्ति अभावका बिच विभिन्न सेवाहरु प्रवाहगर्दै आई रहेको अस्पताल विगत ५ बर्षदेखि सेवा प्रभावमा प्रदेशकै उत्कृष्ट बन्दै आईरहेको छ ।

अस्पतालको न्युनतम गुणस्तरिय सेवा मूल्यांकन, प्रतिवेदन, रिर्पोटिङ, वित्तिय प्रगति एवम् बार्षिक रिर्पोट लगायतका १२ वटा सूचकहरुको आधारमा ७० दशमलव ४२ अंक प्राप्त गरी लुम्विनी प्रदेशमै प्रथम भएको बर्दिया अस्पताल गुलरियाका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए । आर्थिक बर्ष ०७६÷७७ देखि लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरुको सेवा प्रवाह सम्बन्धी समिक्षागर्दै आएको छ । बर्दिया अस्पताल ४ पटक प्रथम र १ पटक दोस्रो भएको पाण्डेले प्रष्ट्याए । बर्दिया अस्पताल पटक पटक मूल्यांकनमा उत्कृष्ट भएसँगै अस्पताल प्रशासनको हौसला बढेको प्रमुख डा. पाण्डेको भनाई छ ।

सूचकहरुको आधारमा लुम्विनी प्रादेशिक अस्पताल पुनः द्वितिय भएको छ । पछिल्लो मूल्यांकनमा चौथो स्थानमा रहेको अर्घाखाँची अस्पताल यसपटक तृतिय स्थान प्राप्त गरेको छ । पछिल्लो मूल्यांकनमा तृतिय स्थानमा रहेको कपिलवस्तु अस्पताल यसपटक १० औं स्थापनमा धकेलिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, सचिव डाक्टर वासुदेव उपाध्याय, निर्देशक डाक्टर विनोद कुमार गिरीले प्रथम, द्वितिय, तृतिय हुने अस्पताल लगायत समिक्षामा सहभागी अस्पतालहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments