• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
बारबर्दिया नगरअस्पतालमा रक्तसंचार केन्द्र संचालन गरिँदै 

चुरेकुञ्ज, ९ कार्तिक, बर्दिया । बारबर्दिया नगरअस्पतालमा काक्तिक १३ गते देखि रक्तसंचार केन्द्र संचालन हुने भएको छ । रक्त संकलनगर्दै मंगलबार देखि रक्त संकलन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको बारबर्दिया नगरअस्पतालका ब्यबस्थापन समितिका अध्यक्ष तिर्थ पौडेलले जानकारी दिनुभयो ।

बारबर्दिया नगर पालिकाको आर्थिक सहयोग र रेडक्रस उपशाखा बारबर्दियाको प्राविधिक सहयोगमा १३ गते विहान देखि रक्तदान कार्यक्रम सन्चालन गर्ने कार्यक्रम रहेको छ । रक्तदान कार्यक्रममा सहभागी भईदिनका लागि आयोजकले नगरवासीहरुमा अनुरोध गरेको छ । बारबर्दियामा सिकलसेल बिरामी, सुत्केरी महिला लगायत र्दुघटनालाई मध्यनजर गरी रक्त ससंकलन केन्द्र स्थापना गर्न थालिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments