• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
वडाका जेष्ठ नागरिकहरुको घरघरमै स्वास्थ्य परिक्षण

चुरेकुञ्ज, १२ मंसिर, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ६ मा बसोवास गर्ने जेष्ठ नागरिकहरुको घरघरमै स्वास्थ्य जाँच शुरु गरिएको छ । वडाको पहलमा वडाको जेष्ठ नागरिकहरुको मासिक स्वास्थ्य परिक्षण कार्यक्रम शुरु गरिएको हो ।

वडा नम्बर ६ कार्यालयका स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकको घरमै पुगेर प्रेसर, सुगर, तथा सामान्य स्वास्थ्य परिक्षण निःशुल्क रुपमा उपलब्ध गराएको गुलरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले बताउनुभयो । वडाको स्वास्थ्य शाखामा उपलब्ध भएका विरामीलाई औषधीहरु पनि उपलब्ध गराउँदै आएका छौं ।

वडाले यस पटक कार्यक्रमलाई परिक्षणका रुपमा अघि बढाएकोले आउँने बर्षहरुमा थप सुधारगर्दै लैजाने अध्यक्ष शर्माको भनाई छ । कसैको घर आँगनमा वडाका स्वास्थ्य कर्मचारी नपुगेको भए वडा गुलरिया नगरपालिका नम्बर ६ का स्वास्थ्य शाखा प्रमुख दिलिप यादवलाई सम्पर्क गर्न शर्माले अनुरोध गर्नु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments