गुलरिया नगरपालिका स्तरिय रनिङशिल्ड जनज्योतिले उचाल्यो
चुरेकुञ्ज, २२ मंसिर, बर्दिया । बर्दियाको गुलरियामा संचालित नगरपालिका स्तरिय १७ औं राष्ट्रपति रनिङशिल्ड तथा मेयरकप खेलकुद प्रतियोगिता ०८१ मा जनज्योति सेकेण्ड्री स्कूल गुलरिया बर्दिया उत्कृष्ण बनेको छ । खेलको विभिन्न विधामा सबैभन्दा बढी स्वर्ण पदक जितेसँगै संस्थागत विद्यालय जनज्योतिले शिल्ड उचालेको हो ।
पालिका भित्रका विभिन्न प्रतिस्पर्धामा सहभागी ५४ वटा विद्यालयहरु मध्ये जनज्योति स्कूलले ११ वटा स्वर्णसँगै एउटा कास्य पदक जितेको खेलकुद प्रतियोगिताका संयोजक माधवप्रसाद ढकालले जानकारी दिनुभयो । प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले स्वर्ण ३, रजत ४ र कास्य पदक ६ वटा, महाकवि देवकोटा माध्यमिक विद्यालयले स्वर्ण ५, कास्य ४ तथा ध्रुव माध्यमिक विद्यालय तुल्सीपुरले स्वर्ण ३, रजत १२ तथा कास्य पदक ५ वटा जितेका छन् । अन्य विद्यालयहरुले पनि पदकहरु जितेको उहाँले जानकारी दिनुभयो ।
छात्र, छात्रातर्फ एथलेटिक्स, भलिवल, कवड्डी लगायतका विधामा स्पर्धा गराईएको थियो । खेलकुदको समापन शत्रमा प्रतियोगिताका विजेताहरु, उत्कृष्ट खेलाडी एवम् सहभागी विद्यालयहरुलाई शिल्ड, कप, पदक तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ । समापन शत्रमा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटित गर्न रनिङ शिल्ड प्रतियोगिता उपयोगी बन्दै गएको बताउनु भएको छ । त्यस्तै नगर शिक्षा शाखा प्रमुख शतिस यादवले आगामी बर्षहरुमा मार्चपाष्ट प्रस्तुतीको समयावधी घटाउन पहल गर्नुपर्नेमा जोडदिनु भएको छ ।
Facebook Comments