बर्दियाका पालिका अन्तरगत महिला तथा स्वास्थ्य शाखाका कर्मचारीलाई मानसिक स्वास्थ्य तालिम
दलबहादुर सुनार, १५ पुष, बर्दिया । स्थानिय तहका महिला बालबालिका तथा स्वास्थ्य शाखाका कर्मचारीलाई मानसिक स्वास्थ सम्बन्धी तालिम दिएको छ । प्लान नेपालको सहयोग, सबिन नेपालको आयोजनामा तथा स्थानिय साझेदार बाँके युनेस्को क्लब, बिग्रुप र आरकेजेएसको समन्वयमा तालिम सञ्चालन भएको हो ।
बाल बालिका र किशोर किशोर किशोरीको मानसिक स्वास्थको पहिचान, ब्यबस्थापन र स्थानान्तण क्षमता बृद्धि गर्ने उद्देश्यले सञ्चालिन पाँच दिने उक्त तालिममा कान्ति बाल अस्पताल काठमाण्डौका मानसिक स्वास्थ्य शाखामा कार्यरत डाक्टर शुभ श्रेष्ठ र सुप्रिया शेरचनले सहजिकरण गर्नु भएको थियो । तालिममा मानसिक स्वास्थ्य ठिक भए नभएको अवस्थाको पहिचान, अवधारणा, प्रभाबकारी सञ्चार शिप, कुनै पनि बालबालिका र किशोर किशोरीमा देखिने बौद्धिक तथा मानसिक समस्याको पहिचान, लक्षण, कारण र ब्यबस्थापनका बारेमा सहजिकरण गरिएको थियो ।
कुनै पनि ब्यक्तिमा मानसिक स्वास्थमा देखिएको समस्यालाई सामान्य रुपमा लिन नहुने यदि समयमा त्यसको ब्यबस्थापन गर्न सकिएन भने आत्महत्याको सोच आउन सक्ने भएकाले स्वयं ब्यक्ति लाई परामर्श र परिवारमा सम्भावित जोखिमको बारेमा जानकारी गराउनु पर्नेमा प्रशिक्षक डा. शुभले जोड दिनु भयो । मानिस डिप्रेशनमा पुग्नु भन्दा पहिला धेरै चरणका मानसिक स्वास्थ्य समस्या हुने तर मानसिक स्वास्थमा भएको समस्याको लक्षणको बारेमा थाहा नहुँदा ब्यक्तिमा कडा मानसिक समस्याको सृजना हुने र डिप्रेशनको शिकार हुनुपर्ने बताउनु भयो ।
परिवारमा यस्ता मानसिक समस्यामा परेका बालबालिका किशोर किशोरीको आनिबानी, ब्यबहार तथा गतिबिधिको निगरानी र मानसिक सम्बन्धी कुनै पनि लक्षण देखिएमा समयमा नै मानसिक तथा मनोरोग बिज्ञ डाक्टरसंग स्वास्थ्य परिक्षण गर्नु पर्ने उहाँको भनाई छ । गैडा क्याम ठाकुरद्धारामा पौष ११ देखि १५ गते सम्म सञ्चालन भएको तालिममा राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया, बारबार्दिया नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकाका बालकल्याण अधिकारी, बाल अधिकार समितिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी स्थानिय साझेदार संस्थाका कर्मचारी लगाएतको सहभागिता रहेको सिविन नेपालका बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
Facebook Comments