विद्याज्योति बढैयाताल बिद्यालय स्तरीय फुटवलको सेमिफाईनलमा
दलबहादुर सुनार, ७ माघ, बढैयाताल (बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा जारी दोश्रो यु– १८ फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा बिद्याज्योति माध्यमिक विद्यालय बिजयी भएको छ । जयकालिका माध्यमिक बिद्यालय मुनाल बस्तीलाई ट्राइ बेकरमा हराउँदै बिद्याज्योति बिजयी भएको हो ।
प्रतियोगितामा बिद्याज्योतिले जय कालिकालाई ट्राइ बेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा सुनिश्चित गरेको हो । प्रतियोगितामा बिद्या ज्योतिका खेलाडी अबिनाश थारु म्यान अफ द म्याच घोषित भए ।
उनलाई बढैयाताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले मेडल प्रदान गरे । मंगलवार पहिलो सेमिफाइनल खेल ज्ञानज्योति माबि छत्रनगर र दिपज्योति माबि बिचमा र दोस्रो सेमिफाइनल खेल शुभकामना एकेडेमी र बिद्या ज्योति माबि कण्ठपुर बिच हुने जनाईएको छ ।
Facebook Comments