• ७ फागुन २०८१, बुधवार
  • १९ °C काठमाडौं
बढैयातालमा विद्याज्योति र दिपज्योति फूटबलको फाईनलमा भिड्ने

दलबहादुर सुनार, ९ माघ, बढैयाताल (बर्दिया) । बढैयातालमा जारी यु–१८ बिद्यालय स्तरीय फुटवल प्रतियोगितामा बिद्याज्योति र दिपज्योति बिच उपाधिको लागि फाईनल भिडन्त हुने भएको छ । मंगलबार भएको सेमिफाइनल खेलमा दिपज्योतिले ज्ञान ज्योतिलाई र बिद्याज्योतिले शुभकामना  एकेडेमीलाई हराउँदै फाइनलको यात्रा तय गरेका छन् ।

मुख्य रेफ्री बिबेश गुरुङले संचालन गरेको सेमिफाइनल खेलमा दिपज्योति माबि डाँफेले ज्ञानज्योति  माबि छ्त्र नगरलाई ट्राई बेकरमा ५–४ गोलको अन्तरले पराजीत गरेको छ । त्यस्तै बिद्याज्योति  माबि कन्ठपुरले शुभकामना एकेडेमीलाई २–० गोल अन्तरले पराजीतगर्दै फाईनलमा पुगेको हो ।  

सेमिफाइनलको पहिलो खेलमा दिप ज्योतिका नवीन बुढा र दोस्रो खेलमा बिद्या ज्योतिका समीर नेपाली  म्यान अफ द म्याच घोषीत भए । म्यान अफ द म्याच बन्न सफल द्वय खेलाडीलाई बिद्याज्योती माबिका प्रधानाध्यापक भक्तीसागर रेग्मी र शुभकामना एकेडेमीका प्रीन्सिपल सन्जय श्रेष्ठले मेडल प्रदान गरेको मयुर युवा क्लबका अध्यक्ष ईश्वर रानाले जानकारी दिए ।

सम्बन्धित समाचार

Facebook Comments